site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पत्नीलाई सरप्राइज दिन फूलसहित पुगे बाराक ओबामा
Sarbottam CementSarbottam Cement

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले शनिबार पत्नी मिशेलको किताब प्रचार कार्यक्रममा अकस्मात उपस्थिति जनाएर सबैलाई अचम्मित पारेका छन् । केही दिन अगाडि मात्र लन्च भएको मिशेलको आत्मकथा ‘बिकमिङ’ को प्रचारका लागि उनी ह्वाइटहाउसकै पूर्वसल्लाहकार भेलेर जेरेटलेको एक कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसै क्रममा पति प्रतिको भावनाबारे संवाद गर्दैगर्दा भेलेरले विशेष अतिथिका रुपमा बाराकलाई बोलाएकी हुन् ।

यसपछि अमेरिकाकी चर्चित गायिका बियोन्से र उनका पति जेजीको उदाहरण दिँदै बाराकले पनि मिसेललाई सरप्राइज दिन कार्यक्रममा थाहा नदिइ आएको बताएका हुन् । यसअघि जेजीले पत्नी बियोन्सेको एक सांगीतिक कार्यक्रममा यसैगरी अप्रत्यासित भ्रमण गरि प्रेम दर्शाएका थिए । यसै घटनाबारे उल्लेख गर्दै ओबामाले पनि मिशेललाई फूल दिएर प्रेम व्यक्त गरेको संचार माध्यम सिएनएनले जनाएको छ । आफूपनि बियोन्से र जेजी जत्तिकै प्रेममा क्रेजि भएको भन्दै उनले शनिबारको कार्यक्रममा ठट्टा समेत गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसपछि कार्यक्रममा मिशल र बाराक दुवैले एकअर्काको खुलेर प्रशंसा गर्दै रमाइलो कुराकानी गरेका हुन् । दर्शकहरु पनि लामो समयपछि ओबामालाई प्रत्यक्ष देखेकामा अत्यन्तै उत्साहित भएको बताइएको हो । यसपछि आफूहरुले ८ वर्ष ह्वाइटहाउसमा गुजारेका बारे बताउँदै मिशेलले कार्यक्रममा विभिन्न खुलासा गरेकी हुन् । त्यसबेला व्यस्तताका कारण आफूले कहिल्यै आफ्ना सफलता वा गलतीहरुबारे शान्तसँग सोच्न नपाएको उनले बताइन् । बाराक र आफूले ह्वाइटहाउसलाई घरको वातावरण दिलाउन पहिले त ड्रेस कोड परिवर्तन गरि पहिरनलाई अनौपचारिक बनाएको उनले बताइन् । उनका अनुसार बिहानैको नास्तामा समेत पति अचानक सुटबुट लगाएर आउनुले बारम्बार अफिसको माहोल सिर्जना गर्दथ्यो । 

त्यसैगरी उनको आत्मकथामा उनले व्यक्तिगत जीवनसँगै ट्रम्पबारे पनि केही प्रसंग उल्लेख गरेकी छन् । यस विषयमा कुरा गर्दै उनले ट्रम्पले बाराक ओबामा अमेरिकामा जन्मिएका होइनन् भनेर गलत प्रचार गरेकामा आफूले तिनलाई कहिल्यै माफी दिन नसक्ने र उनका कार्यक्रममा समेत नहाँस्ने बताएकी हुन् । उनको झुटो बयानले आफ्नो परिवारलाई नै संकटमा पारेको भन्दै मिशेलले असन्तुष्टि जनाएकी हुन् । यता ट्रम्पले भने किताबको प्रचार गरि चर्चामा आउन त्यस्तो भनिएको आरोप लगाएका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  ०७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC