site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भुटानी शरणार्थीका लागि डब्ल्युएफपीको सहयोग रोकिँदै
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले आउँदो जनवरी २०१९बाट नेपालमा रहेका भुटानी शरणार्थीलाई दिँदै आएको खाद्यान्न सहयोग स्थगन गर्ने  भएको छ । सो सहयोग विगत २५ वर्षदेखि निरन्तर रुपमा हुँदै आएको थियो । 
२५ वर्षमा विश्व खाद्य कार्यक्रमले नेपाल सरकारसँगको साझेदारीमा १ लाख १३ हजार भन्दा बढी भुटानी शरणार्थीका लागि १० अर्ब रुपैयाँबराबरको खाद्यान्न सहयोग गरेको डब्ल्युएफपीका नेपाल निर्देशक पिप्पा ब्राडफोर्डले जनाएकी छन् । 
डब्ल्युएफपी नेपालमा बाँकी रहेका ६ हजार ५०० शरणार्थीका बारेमा  नेपाल सरकारको चासो सम्बोधन गर्न र दिगो समाधानका लागि मद्दत गर्न प्रतिबद्ध रहेको समेत उनले जनाएकी छन् ।
डब्ल्युएफपीले धेरै अप्ठ्यारो अवस्थामा रहेका भुटानी शरणार्थीका लागि आगामी डिसेम्बर महिनामा ‘क्लोज आउट प्याकेज’का रुपमा केही महिना पुग्ने सहयोग वितरण गर्नेसमेत जनाइएको छ । 
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही दिन अघिमात्रै बाँकी रहेका शरणार्थीका विषयमा नेपालले भुटान सरकारसँग कुरा गर्ने बताएका थिए । 
सन् १९८०को दशकको अन्त्यमा  भुटानी शरणार्थी समस्या सुरु भएको हो । त्यतिबेला १ लाखभन्दा बढी शरणार्थी भारतको बाटो हुँदै नेपालको मोरङ र झापाका ७ वटा शरणार्थी शिविरमा बस्न आएका थिए ।  
पटक पटकको नेपाल–भुटान वार्ता असफल भएपछि सन् २००७मा अन्तर्राष्ट्रिय समुदायको पहलमा शरणार्थीलाई तेस्रो मुलुकमा लग्ने क्रम सुरु भएको हो  । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायोग (युएनएचसीआर)को तथ्यांकअनुसार अहिलेसम्म नेपालबाट १ लाख १२ हजार ५ सय ८७ भुटानी शरणार्थी तेस्रो देशमा गइसकेका छन् । जसमध्ये अमेरिकामा ९५ हजार ७ सय ९५, क्यानडामा ६ हजार ८ सय ३३, अष्ट्रेलियामा ६ हजार ७ सय ३३, न्युजिल्याण्डमा १ हजार ९५, डेनमार्कमा ८ सय ७५, नर्वेमा ५ सय ७०, बेलायतमा ३ सय ५८ र दि नेदरल्याण्ड्समा ३ सय २९ जनाको पुनर्वास गराइएको छ भने करिब साढे ६ हजार शरणार्थी अझैपनि झापा र मोरङका दुई वटा शिविरमा रहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  ०९:३८
SamabednaSamabedna
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC