विदेश
वाशिङ्टन । अमेरिकाको शिकागोस्थित मर्सि अस्पतालमा भएको गोली प्रहारमा एक जना प्रहरी अधिकारी र अन्य दुई जना समेत तीन जनाको मृत्यु भएको छ । त्यो गोली काण्ड अस्पतालको पार्किङमा एक महिला र युवाबीच विवाद भएपछि सुरु भएको हो । ती युवा र महिला आपसी सम्बन्धमा रहेको बताइएको छ । दुईबीच विवाद भएपछि युवाले गोली हानेका थिए । प्रहरीको गोलीबाट उनको पनि मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा एक प्रहरी अधिकारी, एक जना चिकित्सक र एक फार्मेसी सम्बन्धी सहयोगी रहेको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५ १०:१७
प्रतिक्रिया दिनुहोस्