site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विमल घर्तीमगरले लिगको बाँकी खेल नखेल्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको च्यासल युथ क्लबले फरवार्ड विमल घर्तीमगरलाई फुकुवा गरेको छ । यसै सिजन नवप्रवेशी च्यासलसँग अनुबन्ध भएका विमल बेल्जियममा ट्रायल दिन जानका लागि क्लब छाडेको क्लबका व्यवस्थापक शंकर व्यञ्जनकारले जानकारी दिए । 

“हामीसँग यही सर्तसहित सम्झौता गरेका थिए । उनले विदेश जानुपर्यो भने फुकुवा गर्नुपर्छ भनेर भनेका थिए,” मंगलबार च्यासलका व्यवस्थापक व्यञ्जनकारले भने, “उनी अहिले बेल्जियममा ट्रायलका लागि जाँदैछन् । त्यसैले हामीले उनलाई फुकुवा गरेका हौं । उनी नहुँदा टोलीमा केही असर त पर्छ तर हाम्रो बेन्च बलियो छ । सन्तोष साउखल आएका छन् । केही विदेशी खेलाडी पनि अनुबन्ध गर्ने योजनामा छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार बिहान च्यासल मैदानमा भएको अभ्यासमा पनि विमल अनुपस्थित थिए । यसअघि पनि विमलले बेल्जियमको आरएससी एन्डरलेच्टबाट पनि खेलेका थिए भने स्पेनको मार्वेला युनाइटेडमा ट्रायल दिएका थिए । यसै सिजन ‘ए’ डिभिजन लिगमा उक्लिएको च्यासल दोस्रो चरणको खेल सकिँदा १ अंकसहित नवौं स्थानमा छ । पहिलो खेलमा मछिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा त्रिभुवन आर्मीसँग १–० ले पराजित भएको थियो । यसबीचमा च्यासले राइनोकपको उपाधि उचालेको थियो । 

“बेल्जियमबाट प्रस्ताव आएको छ भन्ने सुनेको छु,” च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले भने, “राम्रो खेलाडी नहुँदा विपक्षीलाई दबाब कम हुन्छ । तथापी हामीसँग अरु पनि राम्रा खेलाडी छन् ।”

Global Ime bank

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC