site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
निजी आवास पुनर्निर्माण यसै वर्षभित्र सक्ने प्राधिकरणको दाबी, जोखिमयुक्त परिवारलाई जग्गा उपलब्ध गराइने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले चालु आर्थिक वर्षभित्र निजि आवास पुनर्निर्माण कार्य सम्पन्न गर्ने बताएका छन् । संघीय संसदीय विकास तथा प्रविधि समितिको मङ्गलबारको बैठकमा प्रमुख निर्देशक ज्ञवालीले यस्तो बताएका हुन् । 
“आर्थिक वर्ष ०७५–७६ भित्र स्वीकृत बस्ती भूमिहीन, गुनासो सुनुवाई र परम्परागत बस्ती बाहेकका निजी आवास पुनर्निर्माण कार्य सम्पन्न गराइने छ,” ज्ञवालीले भने, “यसका लागि प्रत्येक स्थानीय तहबाट पुनर्निर्माण कार्ययोजना तयार पारी कार्यान्वयन गराइने छ ।”
प्रत्येक स्थानीय तहमा एकजना सिनियर इन्जिनियरको व्यवस्थासहित निजी आवास पुनर्निर्माण कार्यको निरीक्षण र सिफारिस एवम् एकीकृत बस्ती विकास तथा स्थानीय पूर्वाधार योजनाहरुको कार्यान्वयन स्थानीय तहबाटै गराइने भएकाले पुनर्निर्माणले गति लिएको ज्ञवालीले बताए ।
गुनासो सुनुवाई तथा र पुनः सर्वेक्षण कार्य स्थानीय तहमा कार्यरत इन्जिनियरहरुले नै गर्ने व्यवस्था साथै स्थानीय तहमा हुने पुनर्निर्माणसम्बन्धी कार्यको समन्वय, सहजीकरण र अनुगमनका लागि सम्बन्धित पालिकाका अध्यक्ष वा प्रमुखको संयजकत्वमा स्थानीय पुनर्निर्माण समन्वय समिति गरिएको पनि प्रमुख निर्देशक ज्ञवालीले बताए । 
पुनर्निर्माण कार्यमा स्थानीय समुदायलाई परिचालन गर्न यथाशिघ्र प्रत्येक टोल एवम् बस्तीहरुमा पुनर्निर्माण सामुदायिक समितिहरुको गठन गरी सबै स्थानीय तहमा सामाजिक परिचालक एवम् प्राविधिकहरुको व्यवस्था मिलाउने तयारी रहेको छ ।
प्राधिकरणले एकीकृत बस्तीका लागि पूर्वाधार निर्माणार्थ प्रतिघरधुरी तराई क्षेत्रमा रु. ३ लाख, पहाडी क्षेत्रमा ४ लाख र हिमाली क्षेत्रमा ५ लाखको व्यवस्था गरेको छ ।
हालसम्म समुदाय एवम् स्थानीय तहबाट २९ वटा एकीकृत बस्तीको लागि माग भई आएको प्राधिकरणले जनाएको छ । बैठकमा सांसदहरुको कोरम नपुगेको भन्दै केहीबेरबाट अर्को जानकारी नभएसम्मका लागि स्थगित भएको थियो ।   

  
 

   
 
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC