site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवाको प्रश्न– झगडा कुन घरमा छैन ? पार्टीमा पनि भइहाल्छ
Sarbottam CementSarbottam Cement

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको झगडा सामान्य भएको बताएका छन् । उनले प्रत्येक घरभित्र पनि झगडा हुने बताउँदै पार्टीभित्रको विवाद सामान्य भएको टिप्पणी गरे । नेपाल प्रेस युनियन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले भने, “झगडा नभएको कुनै घर छ देखाउनुस त ? घर जस्तै पार्टीमा पनि झगडा र विवाद हुन्छन् । यसलाई मिलाउने हो, म मिलाउने प्रयास पनि गर्दैछु ।”

उनले नेताहरुबीच बोलचालसमेत नहुने गरेको सुनेर आफू पनि छक्क परेको बताउँदै मंसिर २ गते महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेतृ सुजाता कोइराला विराटनगर आइ मिलेको सन्देश दिँदा आफु नआत्तालिएको बरु यसले अब पार्टीको एकतामा सकारात्मक सन्देश पुगेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

देउवाले भने, “परिवार त्यसपछि गाउँ अनि जिल्ला र पार्टी सबै मिल्नु राम्रो कुरा हो । मिलेरै अघि बढ्ने हो ।” पत्रकार सम्मेलनमा काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि देउवासँगै थिए । कोइराला परिवारमाजस्तै अब कांग्रेस पार्टीभित्रको झगडा पनि मिल्ने बताए । पार्टी सञ्चालन गर्नु कठिन काम भएको देउवाको भनाइ थियो । 

देउवाले पार्टीमा रहेको समूह, उप–समूह, गुट र उप–गुटले आफू पनि दिक्क भएको बताउँदै मिलाउने प्रयासमा लाग्दा हायल कायल भएको सुनाए ।  पार्टीमा एक भएको फोरम लोकतान्त्रिक मिलाउने क्रममा उप–सभापति मनन् गर्नु राजनीतिक निर्णय भएको त्यो विधान नमिचिएको दाबी गर्दै देउवाले भने, “मैले सकेसम्म मिलाउने प्रयास गरेको छु । यो राजनीतिक निर्णय हो ।”

Global Ime bank

नेविसंघको विषय मिलिसकेको चर्चा गर्दै देउवाले महासमिति बैठक नसर्ने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC