site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवाको प्रश्न– कुन घरमा झगडा छैन ? पार्टीमा पनि हुन्छ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घरमा त झगडा र कलह हुने बताउँदै पार्टीभित्रको मतभेद सामान्य भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा  देउवाले भने, “झगडा नभएको कुनै घर छ ? देखाउनुस् त । घरजस्तै पार्टीमा पनि झगडा र विवाद हुन्छन् । यसलाई मिलाउने हो । म मिलाउने प्रयास पनि गर्दैछु ।” उनले नेताहरुबीच बोलचालसमेत नहुने गरेको सुनेर आफू पनि छक्क परेको बताउँदै मंसिर २ गते महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेतृ सुजाता कोइराला विराटनगर आई मिलेको सन्देश दिँदा आफू नआत्तालिएको बरु यसले अब पार्टीको एकतामा सकारात्मक सन्देश पुगेको बताए । देउवाले भने, “परिवार त्यसपछि गाउँ अनि जिल्ला र पार्टी सबै मिल्नु राम्रो कुरा हो । मिलेरै अघि बढ्ने हो ।” 
पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि देउवासँगै थिए । कोइराला परिवारमा जस्तै अब कांग्रेस पार्टीभित्रको झगडा पनि मिल्ने देउवाले बताए । पार्टी सञ्चालन गर्नु कठिन काम भएको देउवाको भनाइ थियो । देउवाले पार्टीमा रहेको समूह, उप–समूह, गुट र उप–गुटले आफू पनि दिक्क भएको बताउँदै मिलाउने प्रयासमा लाग्दा हायल कायल भएको सुनाए । 
पार्टीमा एक भएको फोरम लोकतान्त्रिक मिलाउने क्रममा उपसभापति मनोनित गर्नु राजनीतिक निर्णय भएको भन्दै उनले विधान नमिचिएको दाबी गरे । नेविसंघको विषय मिलिसकेको चर्चा गर्दै देउवाले महासमिति बैठक नसर्ने बताए । 
देउवासँग केन्द्रीय सदस्य डा. शेखर कोइरालाले छुट्टै भेटेका छन् । होटलमा पार्टी सभापतिसँग भेटघाट गर्न पुगेका कोइरालाले पार्टीको गतिविधिको विषयमा छलफल गरेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC