काठमाडौं । आ.व. २०७३–७४ मा व्यक्तिगत आय अन्तर्गत सबैभन्दा बढी आम्दानी कर बुझाउने सिद्धार्थ शमशेर ज.ब.रा र व्यापार कम्पनी अन्तर्गत सिप्रदी ट्रेडिङ्ग प्रा.लि.काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सम्मानित भएका छन् । सिद्धार्थ शमशेर ज.ब.रा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का कार्यकारी अध्यक्ष हुन् ।
सातौं राष्ट्रिय कर दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा सिप्रदी र सिद्धार्थ शमशेर ज.ब.रालाई आन्तरिक राजश्व विभागले उक्त सम्मान गरेको हो ।
सिद्धार्थ आ.व. २०६८–६९, २०६९–७०, २०७१–७२, २०७२–७३ र २०७३–७४ सम्म लगातार ५ वर्ष उक्त सम्मान हासिल गर्न सफल भएका छन् भने उनको कम्पनी सिप्रदी पनि आ.व. २०६९–७०, २०६९–७०, २०७१–७२, २०७२–७३ र २०७३–७४ सम्म लगातार ४ वर्ष उक्त स्थान ओगट्न सफल रहेको छ ।
सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का कार्यकारी अध्यक्ष हुनुका साथै, सिद्धार्थ शमशेर ज.ब.राले नेपालमा विभिन्न किसिमका व्यवसायहरुलाई संगठित एवं विस्तारित गराउन उल्लेख्य भूमिका निर्भाह गरेका छन् । नेपाली कर्पोरेट जगतमा एक युवा आयाम मानिने सिद्धार्थ, सन् २००१ मा विश्व आर्थिक फोरम, डावोसद्वारा “ग्लोबल लिडर फर टुमरो” का रूपमा सम्मानित भएका थिए ।
नेपालका ग्रामिण भेगमा स्वास्थ्य र शिक्षा क्षेत्रमा कार्यरत “हेल्प नेपाल नेटवर्क” लाई उनले व्यक्तिगत रूपमा सबैभन्दा धेरै एकल दान प्रदान गरेका छन् । विगत ७ वर्षमा पाचौँपटक अधिक्तम आय कर बुझाउने ताज राणाले पहिरिएका छन् । सिप्रदीले विगत ३७ वर्षदेखि नेपालमा सवारी र सहयोगी व्यवसायमा प्रमुख भुमिका निर्वाह गर्दै आइरहेको छ । नेपालका लागि भारतको टाटा मोटर्स लि. को एक मात्र आधिकारिक बिक्रेता रही आएको छ ।