site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ, रासस । अहिलेसम्म ९३ स्थानीय तहले आफ्नो नाम र केन्द्र परिवर्तन गरेका छन् । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ अनुसार स्थानीय तहले आफ्नो नाम र केन्द्र परिवर्तन गर्न सक्ने व्यवस्था छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिशमा मन्त्रिपरिषद् बैठकले ती स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार तीमध्ये १९ स्थानीय तहको नाम, ५५ स्थानीय तहको केन्द्रको नाम परिवर्तन एवं नाम तथा केन्द्र दुवै २० स्थानीय तहको परिवर्तन गरिएका छन् । गाउँ, नगरसभाको बैठकले नाम र केन्द्र परिवर्तन गर्नका लागि दुई तिहाइले पारित गरेको प्रस्ताव प्रदेश सरकारसमक्ष पेश गर्नुपर्छ । यसरी पेश गरिएको नाम र केन्द्र परिवर्तनका लागि प्रदेश सरकारले सङ्घीय मामिला मन्त्रालयमा पठाउने गर्छ । 

मन्त्रालयले नाम र केन्द्र परिवर्तन गर्न चाहने स्थानीय तहको प्रक्रियाबारे अध्ययन गरेर मन्त्रिपरिषद् कार्यालयमा पठाउँछ । प्रवक्ता अधिकारीले नाम र केन्द्र परिवर्तन गर्नका लागि निवेदन पेश गरेका ५० स्थानीय तहको थप आवश्यक कागजात मगाइएको बताए । “कतिपय स्थानीय तहले प्रक्रिया नै नपु¥याई नाम र केन्द्र परिवर्तन गर्नका लागि निवेदन दिएका छन्”, उनले भने, “त्यस्ता स्थानीय तहलाई प्रक्रिया पु¥याएर पुनः कागजात मगाइएको छ ।” मन्त्रालयले चार स्थानीय तहको नाम परिवर्तन गर्नका लागि मन्त्रिपरिषद् बैठकमा पेश गरेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC