site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सबैभन्दा बढी राजस्व बुझाउने सिप्रदी, आम्दानी करमा राणा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आर्थिक वर्ष २०७३–७४ मा व्यक्तिगत आयअन्तर्गत सबैभन्दा बढी आम्दानी कर बुझाउने सिद्धार्थ शमशेर ज.ब.रा र व्यापार कम्पनीअन्तर्गत सिप्रदी ट्रेडिङ सम्मानित भएका छन् । ज.ब.रा सिप्रदीका कार्यकारी अध्यक्ष हुन् ।
सातौं राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा सिप्रदी र ज.ब.रालाई आन्तरिक राजश्व विभागले सम्मान गरेको हो ।
ज.ब.राले आव २०६८–६९ देखि लगातार ५ वर्ष सर्वाधिक कर बुझाउने व्यक्ति भएका हुन् । उनको कंम्पनी सिप्रदीले पनि आव २०६९–७० यता लगातार ४ वर्ष सर्वाधिक बढी कर बुझाएको छ ।
ज.ब.रा. सिप्रदीका कार्यकारी अध्यक्ष हुनुका साथै नेपालमा विभिन्न किसिमका व्यवसायलाई संगठित एवं विस्तारित गराउन भूमिका निर्भाह गर्दै आएका छन् ।
राणा शिक्षा, आर्थिक विकास, सम्पदा सुरक्षा र वन्यजन्तु संरक्षणका क्षेत्रमा आफूलाई एक प्रतिवद्ध व्यक्तित्वका रूपमा चिनाएका छन् । उनले नेपालका ग्रामिण भेगमा स्वास्थ्य र शिक्षा क्षेत्रमा कार्यरत ‘हेल्प नेपाल नेटवर्क’लाई व्यक्तिगत रूपमा सबै भन्दा धेरै एकल दान प्रदान गरेका छन् ।
यसैगरी सिप्रदीले विगत ३७ वर्षदेखि नेपालमा सवारी र सहयोगी व्यवसायमा प्रमुख भुमिका निर्वाह गर्दै आएको छ । सिप्रदी नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता हो । कम्पनीले म्याक लुब्रिक्यान्ट, मिसेल टायर्स, एक्साइड ब्याट्रि र टाटा हाताचिजस्ता अन्य उत्पादनको पनि बिक्रि तथा वितरण गर्दै आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC