site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रशिक्षकले ढाँट्नुभयो : आदित्य चौधरी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रशिक्षकसँग सम्पर्कमा नरहेको भनिएका एपिएफका राष्ट्रिय रक्षक आदित्य चौधरीले मोटरसाइकल दुर्घटनामा परी आराममा रहेको बताएका छन् । तिहारअघि दुर्घटनामा परेका आदित्यले अहिले आफू सर्लाहीस्थित घरमै आराम गरिरहेको बताए ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सोमबार फ्रेन्ड्स क्लबविरुद्ध १–० को जित निकाल्दा रक्षापंक्तिमा संघर्ष गर्नुपरेपछि विभागीय टिम एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले आदित्य सम्पर्कमा नरहेको बताएका थिए ।
प्रशिक्षक तामाङको भनाइप्रति असन्तुष्टि पोख्दै आदित्यले भने, “तिहार अगाडि बाइक दुर्घटनामा परेर मेरो खुट्टामा आठ टाँका लगाउनुपर्यो । सर्लाहीमै उपचार भयो । तर, मैले तत्काल क्लब र कार्यालयमा खबर गरेको थिएँ । मसँग प्रशिक्षकको नम्बर थिएन, त्यसैले उहाँलाई खबर गर्न पाइन ।”
घरेलु प्रतियोगितामा एपिएफको रक्षापंक्ति सम्हाल्दै आएका आदित्यले जारी लिगमा विभागीय टोलीबाट एक खेलमात्र खेलेका छन् । पहिलो खेलमा मैदान उत्रिएका उनी दोस्रो खेलमा अनुपस्थित थिए ।
राष्ट्रिय टोलीका भरपर्दा पिलरका रुपमा रक्षापंक्ति सम्हालिरहेका चौधरी नहुँदा टिमलाई दबाब परे पनि उनी आफ्नो सम्पर्कमा नरहेको प्रशिक्षक तामाङले सोमबारको खेलपछिको पत्रकार सम्मेलनमा बताएका थिए ।
“हिजोको खेलपछि गुुरुले टिम म्यानेजरलाई समेत खबर नगरी आदित्य चौधरी सम्पर्कमा छैन भन्नुुभएछ,” बाह्रखरीसँगको टेलिफोन कुराकानीमा आदित्यले भने, “उहाँहरुले पनि आफ्नो खेलाडीको खोजी गर्नुपर्ने हो । तर, खै केही वास्तै गरेनन् । राम्रोसँग हिँड्न मिल्दैन । त्यसैले घरमा आराम गरिहेको छुु । प्रशिक्षकले जे पायो, त्यही भनेका रहेछन् ।”
डाक्टरको सल्लाहबमोजिम अझै ४—५ खेल गुमाउन सक्ने अवस्था रहेको उनले बताए । “भर्खरै टाँका काटिएको छ । विस्तारै हिँडिरहेको छु । अब २—४ दिनमा काठमाडौं आउँछु । त्यसपछि फेरी जाँच गराएर डाक्टरको सल्लाहअनुसार लिगमा फर्किन्छु ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC