site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्फामा प्रशिक्षक नियुक्ति प्रक्रिया विवादमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । गएको वैशाखमा सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनमा कर्माछिरिङ शेर्पाको पूरा प्यानल अत्यधिक बहुमतले विजयी भयो । पूर्वअध्यक्ष गणेश थापा र तत्कालिन एन्फा नेतृत्वविरुद्ध तीन वर्षदेखि निरन्तर आन्दोलनमा रहेका व्यक्ति हुन् शेर्पा । निर्वाचनमा शेर्पाका प्रतिद्वन्द्वी थिए, एन्फाकै तत्कालिन वरिष्ठ उपाध्यक्ष मणि कुँवर । तर, चुनावको पूर्वसन्ध्यामा कुँवरले उम्मेदवारी फिर्ता लिएपछि शेर्पा निर्विरोध भए । 

शेर्पासँगै उनको पूरा प्यानल जित्दा नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी एवं पूर्व मुख्य प्रशिक्षक कृष्ण थापा चुनावी चलखेलका मुख्य खेलाडीमध्येका एक थिए । शेर्पाले उठाएका एन्फा परिवर्तन, आर्थिक पारदर्शिता र सुशासनका मुद्दामा चुनावताका सबैभन्दा चर्को स्वर थापाकै हुने गथ्र्यो । तत्कालिन नेकपा एमालेसँग निकट थापा त्यही कारण उपाध्यक्ष पदमा निर्वाचित भए । 

निर्वाचनसम्म पारदर्शिता, सुशासनलगायतका विषयमा चर्को स्वर गर्दा वर्तमान एन्फा कार्यसमिति एकढिक्का हुने गरे पनि केही महिनामै संघभित्रको एकता थुप्रै चिरामा विभाजित भएको छ । स्वयं थापा अहिले एन्फा नेतृत्वको सबैभन्दा कटु आलोचकका रुपमा देखा परेका छन् । पछिल्लो एक साताभित्र थापाले एन्फा नेतृत्वप्रति असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमा चार वटा स्टाटस लेखिसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

एन्फा प्राविधिक कमिटीको संयोजक रहेका उनले आफ्नो सहमतिबिना नेपाली राष्ट्रिय फुटबल टोलीमा विदेशी प्रशिक्षक नियुक्त गर्न खोजेको भन्दै विरोध जनाएका छन् । एन्फा नेतृत्वले एक स्विडिस प्रशिक्षक नियुक्तिका लागि युवा तथा खेलकुद मन्त्रालयमा पत्राचार गरिसकेको भन्दै थापाले प्राविधिक समितिको सिफारिसबिना कुनै पनि प्रशिक्षक नियुक्ति गर्न नदिने बताए । 

एन्फाले आफूलाई प्राविधिक समिति प्रमुखका रुपमा दिएको नियुक्तिपत्र पोष्ट गर्दै फेसबुकमा थापाले लेखेका छन्, “विदेशी प्रशिक्षकको बारेमा यो मनोनयनपत्रको कदर भएन भने त्यसको कसले जवाफ दिने ? हेरौं, कसरी आउँछ विदेशी प्रशिक्षक ।”

Global Ime bank

नोभेम्बर १५ मा उनले अर्को फेसबुक पोष्टमा लेखेका छन्, “टेक्निकल कमिटीको आधिकारिक निर्णयबिना कसैले चाहँदैमा नेपाली राष्ट्रिय फुटबल टिमको लागि विदेशी प्रशिक्षक स्विकार्य हुँदैन ।”

त्यस्तै उनको अर्को फेसबुक पोष्टमा भनिएको छ, “एन्फाको सम्पूर्ण कार्यकारी अधिकार कार्यसमितिलाई दिएको हुँदा कुनै पनि निर्णय व्यक्ति विशेषले गरेमा स्विकार्य हुँदैन ।”

आफू प्राविधिक निर्देशक भएको बेला बिना जानकारी गणेश थापा नेतृत्वको तत्कालिन एन्फाले अमेरिकी प्रशिक्षकलाई राष्ट्रिय टोली जिम्मा दिएका कारण राजीनामा दिएको प्रसंग कोट्याउँदै थापाले बाह्रखरीसँग थपे, “प्रक्रिया पुर्याएर आए हामीलाई कुनै समस्या छैन । तर प्राविधिक समितिलाई जानकारी नै नगराई विदेशी वा स्वदेशी कसैलाई पनि नियुक्त गर्न पाइन्न । त्यसका लागि पहिला प्राविधिक समितिले प्रशिक्षकका उम्मेदवारहरुको बारेमा अध्ययन गरेर कार्यसमितिलाई सिफारिस गर्छ । त्यसअनुसार कार्यसमितिले अन्तिम निर्णय गर्ने हो । त्यो प्रक्रिया पूरा भयो भने अहिले मन्त्रालयमा प्रस्ताव गरिएकै मानिस पनि नियुक्त हुन सक्छन् ।”

एन्फाका महासचिव इन्द्रमान तुलाधरले प्रक्रिया पूरा गरेरमात्र प्रशिक्षक नियुक्ति हुने बताए । “राष्ट्रिय टिमका लागि विदेशी प्रशिक्षक चाहिन्छ भन्ने कुरामा सबै एकमत भएकै हो । बाँकी कुरा प्राविधिक समितिको सिफारिस होला, कार्यसमितिले निर्णय गर्ला । प्रक्रिया पूरा नगरी मन्त्रालयले पनि दिँदैन । प्रक्रियाले आवश्यक ठान्यो भने उहाँ पनि आउनुहुन्छ,” थापाको विषयमा तुलाधरले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC