site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हुवावे मेट ट्वान्टी प्रो नेपाली बजारमा, यस्ता छन् विशेषता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । हुवावे कम्पनीले अहिलेसम्मकै सबैभन्दा सर्वोत्कृष्ट मध्येको सर्वोत्कृष्ट स्मार्टफोन–हुवावे मेट ट्वान्टी प्रो सार्वजनिक गरेको छ । गत महिना अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको हुवावे मेट ट्वान्टी प्रो प्रयोगकर्ताहरूमाझ सर्वोत्कृष्ट स्मार्टफोनका रूपमा चिनिएको फोन हो ।
फोनमा लाइका अल्ट्रा वाइड एंगल लेन्ससहितको लाइका ट्रिपल क्यामरा, किरिन ९८० सहितको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ४० वाटको सुपरचार्ज तथा वायरलेस रिभर्स चार्जयुक्त ४२०० एमएएच ब्याट्री, हाईटच थ्रीडी फेस रेकग्निसन सहितको ईएमयुआई ९.० लगायत फिचर रहेको छ । यो फोनमा अत्याधुनिक लाइका ट्रिपल क्यामरा सेटअप जडित छ ।
अन्य स्मार्टफोन उत्पादक कम्पनीले अझै पनि डुअल क्यामरामात्र ल्याइरहेको बेला हुवावेले अघि बढ्दै ट्रिपल क्यामरा सेटिङहरू ल्याउन सफल भएको हो ।
खासगरी हुवावे मेट ट्वान्टी प्रोमा भएको लाईका ट्रिपल क्यामरामा ४० एमपी आरजीबी क्यामराले दैनिक कैद गरिने फोटोको डिटेल सुक्ष्म रूपमा कैद गर्दछ भने ८ एमपीको टेलिफोटो लेन्सले टाढाको सटहरूमा फोकस गर्दछ र बिल्कुलै नयाँ २० एमपीलाईका अल्ट्रा वाइड एंगल लेन्सले ल्यान्डस्केप तथा म्याक्रो सटका लागि सबैभन्दा उपयुक्त रहेको छ ।
वायरलेस चार्जिङलाई प्राथमिकता दिँदै हुवावे मेट ट्वान्टी प्रोले १५ वाटसम्म वायरलेस चार्जलाई सपोर्ट गर्दछ र ४० वाटसम्म पनि सपोर्ट गर्न सक्दछ । यसमा भएको सुपरचार्ज प्रविधि टियूभी प्रमाणित हो । यो स्मार्टफोनले वायरलेस रिभर्स चार्जिङलाई सपोर्ट गर्दछ र अन्य क्यूआई भएका उपकरणहरुका लागि पावर ब्यांकका रुपमा पनि काम गर्दछ ।
हुवावे मेट ट्वान्टी प्रोको सेटसहित चार्जर, सेतो रंगको यूएसबी टाइप–सी एअरबड तथा एउटा यूएसबी टाइप–सी–टु ३.५ अडियो अड्यापटर पनि उपलब्ध गराइन्छ ।
हुवावे मेट ट्वान्टी प्रो मा उच्च दर्जाको इन्टेलिजेन्स, कार्यक्षमता तथा कम्युनिकेसन फिचरहरू रहेका छन्, जसले प्रयोगकर्ताहरूलाई फोन प्रयोगको सर्वोत्कृष्ट अनुभव प्रदान गर्छ ।
पछिल्लो प्रविधिलाई आत्मसात् गर्दै हुवावे मेट ट्वान्टी प्रोले किरिन ९८० का लागि सात एनएम प्रोसेस प्रविधि आत्मसात गरेको छ, जसकारण सीपीयूको कार्य क्षमतामा ७५ प्रतिशतले वृद्धि, त्यस्तै जीपीयू क्षमतामा ४६ प्रतिशत सुधारहरू र एनपीयूमा २२६ प्रतिशतले वृद्धि भएको छ ।
हुवावे मेट ट्वान्टी प्रो स्ट्रीमलाइन लुकका लागि आठ साइडमा कर्भ जस्तो गरिएको छ र सिमेट्रिकल लुक रहेको छ । बिल्कुलै नयाँ रंग हरियो (मरालण्ड ग्रीन) रंग सहित क्लासिक ब्ल्याकमा यो फोन नेपाली बजारमा उपलब्ध छ ।
सोफिस्टिकेटेड थ्री डी फेस रेग्कनिसन फिचर तथा स्तोरन्नति गरिएको इनस्क्रीन फिंगर प्रिन्ट सेन्सरले हुवावे मेट ट्वान्टी प्रो को महत्व झनै बढाएका छन् ।
ओएलइडी ६.३९ इन्च स्क्रीन भएको यो फोन हेर्दा निकै आकर्षक, सुन्दर र सिम्पल पनि छ । सिमलेस डिस्प्लेका लागि यस फोनमा मेट टेनको बटम–फ्रन्ट बटन राखिएको छैन । यस फोनमा १९.५ः९ रेसियोको डिस्प्ले, टुके रेज्युलुसन (३१२०– १४४०) जुन प्रति इन्च करिब ५३७ पिक्सल रहेको छ । हुवावे मेट ट्वान्टी प्रो को बजार मूल्य १ लाख २९ हजार रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC