काठमाडौं । सम्राट शाक्यको डेब्यु निर्देशन चलचित्र ‘यात्रास् अ म्युजिकल भ्लग’ को रिलिज डेट सावजनिक गरिएको छ । निर्माता केशव भट्टराईको जन्मोत्सवको अवसर पारेर चलचित्रको रिलिज डेट सार्वजनिक गरिएको हो । चैत २९ गेत चलचित्र प्रदर्शनमा आउने छ ।
चलचित्रको पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता सलिनमान बनिया फिर्चड छन् । चलचित्रमा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।
यही चलचित्रमार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ ।
जर्नी लभ स्टोरी भनिएको चलचित्रले यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । सम्राट शाक्यको कथा तथा निर्देशन रहेको चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।