काठमाडौं । नेप्से परिसूचक मंगलबार पनि घटेको छ । साताको पहिलो दिनबाटै घट्न थालेको नेप्से परिसूचकले तेश्रो दिन पनि लगानीकर्तालाई खुसी नदिएको हो ।
नेप्से अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आएको २ साता बितिसक्दा पनि लगानीकर्ता खुसी हुन नसकेका हुन् । मंगलबार नेप्से परिसूचक ८ शदमलव ५४ अंकले घटेर १ हजार १ सय ८१ दशशमलव ६६ अंकमा कायम भएको हो ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार बजारमा १ सय ४५ कम्पनीका ५ लाख ६६ हजार ६ सय ६९ कित्ता सेयर खरिद विक्री भए । यसक्रममा नेप्सेमा १७ करोड ४९ लाख ७९ हजार २ सय ४५ रुपैयाँ बराबरको कारोबार भएको हो ।
नेप्से घट्दा यसदिन उत्पादनमूलक समूह बाहेक सबै समूह ओरालो लागे । उत्पादनमूलक समूह ७ दशमलव २२ अंकले बढ्दा निर्जीवन बीमा समूह सर्वाधिक ५८ दशमलव ५६ अंकले घट्यो । यसदिन बैंकिङ समूह ९, होटल समूह ०.८१, विकास बैंक समूह ५.८, जलविद्युत समूह २.२३, बित्तीय समूह २.६६, अन्य समूह ६.२९, लघुवित्त समूह ६.५ र जीवन बीमा समूह २७.८८ अंकले घटे ।
नेप्से घट्दा मंगलबार किसान माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढ कमाए । संस्थाको सेयर मूल्य ५ दशमलव ८ प्रतिशतले बढ्दा एभरेस्ट इन्स्योरेन्सको सेयर मूल्य ९ दशमलव ९४ प्रतिशतले ओरालो लाग्यो ।