site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाली खेलकुद तथा सांस्कृतिक समाज रसियाको नेतृत्वमा लामिछानेको निरन्तरता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । खेमराज लामिछानेको नेतृत्वलाई निरन्तरता दिँदै नेपाली खेलुकद तथा सांस्कृतिक समाज रसियाको साधारणसभा सम्पन्न भएको छ । 
विदेशमा रहेर नेपाली कला, संस्कृति र खेल जगतको प्रवद्र्धन गर्ने उद्देश्यका साथ २००३ मा स्थापना भएको समाजको अध्यक्षमा लामिछानेकै निरन्तरता हुँदा वरिष्ठ उपाध्यक्षमा एनआरएन रसियाका अध्यक्ष रामेश्वर गौतम निर्वाचित भए । आइतबार मस्कोमा सम्पन्न साधारणसभाले सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्दा उपाध्यक्षमा एकनारायण चापागाई, मनमुर्ति भुर्तेल र गणेश रामदास चुनिए । महासचिवमा गोविन्दप्रसाद आचार्य चुनिँदा सचिवमा तेजप्रसाद शाह तथा कोषाध्यक्षको जिम्मेवारी सुमन रिजालले पाए । त्यस्तै सदस्यहरुमा दुर्गा भट्टराई, सञ्जिव शर्मा, इन्द्र भुषाल, भुपेन्द्र चौधरी, तिलक तिवारी, धनराज मोक्तान, रामबाबु पाण्डे र किरण रानाभाट चुनिए ।
यसैगरी समाजको संरक्षक समितिमा एनआरएनएका केन्द्रिय महासचिव बद्री केसी, एनआरएनए युरोपका उपसंयोजक गोविन्दप्रसाद गौतम, शिवमणि भुर्तेल, उत्सवकुमार अमात्य र रोशनकुमार पोखरेल चयन भएका छन् । रसियाका लागि नेपाली राजदुत ऋषिराम घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले सल्लाहकार समितिमा विमला भण्डारी, केशव तिमल्सिना, भारत झा, राजकुमार पाण्डे र प्रविण गौचनलाई चयन गर्यो । 
अध्यक्षमा पुनः निर्वाचित भएका लामिछानेले नेपालको खेलकुद तथा सामाजिक क्षेत्रको विकासका लागि समाजले अझै सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । “मलाई फेरी विश्वास गर्नुभयो, यसका लागि सबै सदस्यहरुप्रति धन्यवाद दिन चाहन्छु । आगामी दिनमा नेपालको समाज र खेलकुदको विकासमा थप योगदान गर्ने तपाईहरुको विश्वासअनुसार काम गर्नेछु,” उनले साधारणसभामा भने । 
नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष गौतमले अहिलेसम्म नेपालका हरेक क्षेत्रका मानिसलाई रसियामा सहयोग गरिरहेको समाजले आगामी दिनमा नेपालको खेलकुदमा सोझै पनि सहयोग गर्ने योजना बनाएको बताए । 
यसैगरी कार्यक्रमका प्रमूख अतिथि राजदुत घिमिरेले नवनिर्वाचित कार्यसमितिको सफलताको कामना गर्दै समाज आगामी दिनमा नेपालको सामाजिक, सांस्कृतिक र खेलकुदमा थप योगदान गर्न सक्षम हुने अपेक्षा गरे 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC