site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बाह्रखरी बुक्सको पहिलो पुस्तक ‘बीपीको विद्रोह’ आउँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौँ । पत्रकार जगत नेपालको खोजमूलक तथा अनुसन्धानात्मक कृति ‘बीपीको विद्रोह’ यही मंसिर ७ गत शुक्रबार सार्वजनिक हुने भएको छ । पुस्तक बाह्रखरी बुक्सले प्रकाशन गरेको हो । प्रकाशन गृहको पहिलो पुस्तक समेत रहेको कृतिमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबारे सूक्ष्म अध्ययन र स्थूल वर्णन गरिएको छ ।

प्रजातान्त्रिक समाजवादका प्रवत्र्तक एवम् राजनेताको छवि बनाएका बीपीका राजनीतिक जीवनका लुप्त पाटा र विद्रोहको आयामलाई नेपालले पुस्तकमा समेटेका छन् । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि बीपीले गरेको सङ्घर्ष, चालेको कदम, उनको विद्रोही चेत र विद्रोहका क्रममा उनले झेल्नुपरेका अनेक संकटको मिहीन ढंगले विवेचना गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली वाङ्मयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैलीका प्रवत्र्तक समेत मानिएका बीपीका आफ्नै आत्मपरक कृति (आफ्नो कथा र जेल जर्नल ) पनि प्रकाशित छन् । ‘बीपीको विद्रोह’ पुस्तकमा बीपी स्वयम्ले उजागर नगरेका वा उजागर गर्न बाँकी रहेका तथ्यहरुलाई एकत्रित गरेर चिरफार गर्ने प्रयास गरिएको लेखक नेपालले बताएका छन् । पुस्तकमा बीपीको विद्रोही चेतबारे उनका समकालीन तथा अनुज पुस्ताका नेताको विचारसमेत अटाएको छ । 

बीपीबारे लामोसमयदेखि खोज, अध्ययन, अन्वेषण गर्दै आएका लेखक नेपालका ‘पहिलो संसद– बीपी महेन्द्र टकराव’ ‘आफ्नै कुरा, गिरिजाप्रसाद कोइरालाको जीवनी’, ‘सदन, सत्ता र सडकमा नेपाली कांग्रेस’ लगायत पुस्तक प्रकाशित छन् ।

Global Ime bank

शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच पूर्वराष्ट्रपति रामवरण यादवले कृति विमोचन गर्ने कार्यक्रम रहेको बाह्रखरी बुक्सका सम्पादक राजेन्द्र पराजुलीले जानकारी दिए । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसहित राजनीतिक विश्लेषक डा. हरि शर्मा, शिक्षाविद् केदारभक्त माथेमा, डा. ज्ञानु पाण्डेलगायतले पुस्तकमाथि टिप्पणी गर्ने पराजुलीले बताए । बीपीले जहानियाँ राणातन्त्र र निरंकुश पञ्चायती कालखण्डमा झेल्नुपरेका कहालिलाग्दा तथा रोमाञ्चक घटनाको रुचिकरण वर्णनले पुस्तक पठनीय बनेको उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC