site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिटिल फ्लावर प्रिमियर लिग घरेलु टोली लिटिल फ्लवारलाई उपाधि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगमा घरेलु टोली लिटिल फ्लावर र्बोडिङ स्कुलले उपाधी हात पारेको छ । धनगढीस्थित संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको फाइनलमा महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीलाई ७ विकेटले पराजित गर्दै लिटिल फ्लावरले पहिलोपटक उपाधि हात पारेको हो ।

पहिलो पटक च्याम्पियन बनेको लिटिल फ्लावर स्कुल धनगढीले उपाधिसँगै १ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने लगातार दोस्रो पटक उपविजेतामा सिमित भएको लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले ५५ हजार ५ सय ५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लिटिल बुद्धले दिएको १४६रनको लक्ष्य पयाएको लिटिल फ्लावर स्कुल धनगढीले १८ दशमलव १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । लिटिल फ्लावरलाई उपाधि दिलाउन लिटिल फ्लावरका कप्तान विपिन रावलले उत्कृष्ट ७९ रनको पारी खेले । उनले ४१ बलमा ११ चौका र १ छक्का प्रहार गरे । यस्तै दिपक रोकायाले अविजित २४, अनिल थापा र विशाल भट्टले १४—१४ रन बनाए । लिटिल बुद्धका लागि नारायण जोशीले २ विकेट लिए ।

यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्धले २० ओभरमा ३ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएका थिए । लिटिल बुद्धका लागि हेमन्त कार्कीले अविजित ७३, नारायण जोशीले ३३ र शुसिल खड्काले १९ रन बनाएका थिए । लिटिल फ्लावरका शेर मल्लले २ तथा सागर भण्डारीले १ विकेट लिएका थिए । 

Global Ime bank

लिटिल फ्लावरका कप्तान विपिन रावलले टीमको उत्कृष्ट प्रदर्शन गरेपछि उपाधि जित्न सफल भएको बताएका छन् । भने उपवजेतामा सिमीत भएको लिटिल बुद्धका कप्तान शुसिल खड्काले राम्रो खेल्दा खेल्दै पनि हार्नु परेको बताए । 

कार्तिक २७ गतेदेखि धनगढीमा सुरु भएको प्रतियोगिता प्लेयर अफ द सिरिज नेपाली अन्डर—१९ टोलीका सदस्य शेर मल्ल, बेष्ट ब्याट्सम्यान सिद्धार्थ शिसु सदनका खड्क बोहोरा, बेष्ट बलर लिटिल बुद्ध एकेडेमीका रोचक ऐर र राईजिङ प्लेयर लिटिल फ्लावर स्कुल धनगढीका विशाल भट्ट भए । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५—५ हजार प्राप्त गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  १९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC