site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ब्रजेशको ‘साइड हिरो’ बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । लेखक ब्रजेश खनालको संस्मरणात्मक पुस्तक ‘साइड हिरो’ बजारमा आएको छ ।

‘साइड हिरो’ रेडियो, टेलिभिजन र सिनेमामा ब्रजेशको तीन दशक लामो अनुभवको रोचक संस्मरण हो । पुस्तकमा लेखकले मनोरन्जन क्षेत्रमा आफ्ना तीता–मीठा अनुभव र तिनले जन्माएका विचारहरुलाई भावुक, रमाइलो, गम्भीर र मनोरन्जनात्मक शैलीमा पस्केका छन्  ।

Prabhu Bank
Agni Group
NIC Asia

आफ्नो जीवन अनुभवलाई साइड हिरोको दृष्टिकोणबाट प्रस्तुत गरेर लेखकले संस्मरण लेखनको पद्दतिमा नयाँ ढाँचा निर्माण गरेका छन् । जुन आम पाठकका लागि सुरुचिपूर्ण र नवीन स्वादको लाग्ने छ  । 

लेखक ब्रजेश आफ्नो किताबको बारेमा भन्छन् । “यो पुस्तक नितान्त मेरो व्यक्तिगत अनुभव र भोगाइमा आधारित छ । यसमा आफ्ना उपलब्धिहरु र आफूले गाडेका झन्डाहरु होइन, आफूले गर्न नसकेका र असफलताका कथाहरुलाई बढी समेट्ने प्रयास गरेको छु । त्यसैले यो पुस्तकको शीर्षक ’हिरो’ नभएर ’साइड हिरो’ हो  । यो पुस्तकले थोरै भए पनि नेपाली रेडियो, सिनेमा र टेलिभिजनको भित्री पाटो र त्यहाँका उकाली–ओरालीका बारे बुझ्न सघाएछ भने म मेरो प्रयास सफल भयो भन्ठान्छु ।” 

Global Ime bank

लेखकका यस अघि ‘यायावर’ र ‘जुनेली’ उपन्यास प्रकाशित भैसकेका छन् र ती आम पाठकको रुचीमा पर्न सफल भएको छ । 

सांग्रिला बुक्सले प्रकाशन गरेको ‘साइड हिरो’ को पृष्ठ ३३६ रहेको छ र यसको मूल्य ४४८ रहेको सांग्रिला बुक्सले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC