site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एप्पललाई पछार्यो माइक्रोसफ्टले ! केही समयका लागि एपलको बजार पुँजीकरण बढ्यो
Ghorahi CementGhorahi Cement

सनफ्रान्सिस्को । गत शुक्रबार माइक्रोसफ्टले एपल कम्पनीलाई केही समयका निम्ति पछाडि पारिदियो । झण्डै ८ वर्षपछि उक्त दिन माइक्रोसफ्ट अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो । 

शुक्रबार अमेरिकी सेयर बजार नेस्डेकमा एक समय माइक्रोसफ्टको बजार पुँजीकरण (मार्केट क्याप) ७५३.३ अर्ब डलर पुग्यो । त्यस समय एपल सन् २०१० पछि पहिलो पटक दोस्रो मूल्यवान कम्पनी बन्न पुगेको थियो । उक्त समय एपलको बजार पुँजीकरणमा गिरावट आई ७४६.८ अर्ब डलर हुन पुग्यो । 

Agni Group

यद्यपि, केही समयपछि एपलले आफ्नो स्थान मजबुत पार्दै पहिलो नम्बरमै उक्लियो । नेस्डेकको वेबसाइटअनुसार, शुक्रबार कारोबार समाप्त हुने बेलासम्म एपलको बजार पुँजीकरण ८१७.५८ अर्ब डलरमा उक्लिएको थियो । माइक्रोसफ्टले पनि आफ्नो वृद्धि हासिल गर्दै गयो, तर दोस्रो नम्बरमै रहन पुग्यो । कारोबार बन्द हुने समय माइक्रोसफ्टको बजार पुँजीकरण ७९१.१९ अर्ब डलर थियो । 

एपल गत अगस्तमा अमेरिकाको हजार अर्ब डलरको कम्पनी बनेको थियो । तर यो लामो समय टिक्न सकेन । एपल पछि पर्नुको मुख्य कारण अनुमान मुताबिक आइफोन बिक्री नहुनु हो । कम्पनीको आपूर्तिकर्ताले आफ्नो लागत र कर्मचारी कटोती गर्न लागेको बताइन्छ । 
अमेजन ७३६.६ अर्ब डलर, तथा अल्फाबेट (गुगलको प्यारेन्ट कम्पनी) ७२५.५ अर्ब डलर बजार पुँजीकरणसहित क्रमशः तेस्रो र चौथो नम्बरमा रहेका छन् । 
एजेन्सी
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०७५  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC