site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मंगल ग्रहमा उत्रियो ‘इन्साइट ल्यान्डर’,अर्बौं बर्षदेखिको रहस्य खुल्दै
Ghorahi CementGhorahi Cement

क्यालिफोर्निया । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को अन्तरिक्ष यान ‘इन्साइट ल्यान्डर’ गएराति मंगल ग्रहमा उत्रिएको छ । 

मंगल ग्रहका लागि पठाइएको यो नयाँ रोबोटले सात मिनेटको समय लगाएर अवतरण गरेको थियो । नासाको यो मिसनको लक्ष्य मंगल ग्रहको जमिन तथा आन्तरिक भागको अध्ययन गर्नु हो । मंगल ग्रह यस्तो एउटा ग्रह हो जसको बारेमा नासाले यसरी विस्तृत रुपमा जाँच गर्न लागेको छ । 

मंगल ग्रहमा यसको अवतरणका सात मिनेट निकै तनावपूर्ण रुपमा लिइएको थियो । यो यानले त्यहाँबाट पृथ्वीमा सन्देश पनि पठाइरहेको थियो । जब यो यान मंगल ग्रहमा सुरक्षित अवतरण गर्यो अमेरिकाको क्यालिफोर्नियाबाट मिसन कन्ट्रोल गरिरहेका वैज्ञानिकहरुमा खुसीयाली छाएको थियो । 

Agni Group

\"\"

उक्त यान एलिसियम प्लानिशिया नामक मैदानमा उत्रिएको थियो । यो मंगलग्रहको भूमध्यरेखाको नजिक रहेको छ । अहिले पनि वैज्ञानिकहरुले यो यान पुरै ठीक भए नभएको बारेमा जानकारी लिनुका साथै आसपासका तस्बिर पनि नियालिरहेका छन् । यी सबै जानकारी केही घण्टामा नै पृथ्वीमा आउने सम्भावना रहेको छ । मंगलग्रहमा उत्रिनका लागि यो यानलाई सात मिनेटको समय लागेकोले के हुने हो भनेर वैज्ञानिकहरु अन्योलमा थिए । अवतरणका लागि यो यानको गति प्रति घण्टा २० हजार किलोमिटर कम गर्नुपर्ने थियो । यो यानले अर्बौं वर्षदेखि प्राप्त हुन नसकेको सूचना दिन सक्नेछ । यो अभियानका क्रममा यानले मंगल ग्रहमा एक साइज्मोमिटर राख्नेछ । जसले जमिनमुनिको भागको हलचल रेकर्ड गर्न सक्नेछ । 

Global Ime bank

त्यसले मंगलको तल्लो भागमा भूकम्प जस्तो हलचल हुन्छ कि हुँदैन भन्ने कुरा पत्ता लगाउनेछ । यो नै पहिलो यान हो जसले मंगल ग्रहको बारेमा रहस्यमय जानकारी बटुल्नेछ । यसैगरी जर्मनीको अर्को एक उपकरणपनि मंगल ग्रहको जमिनको  ५ मिटर तल गएर त्यसको तापक्रम पत्ता लगाउनेछ । 

\"\"

ग्रहको तापमान पत्ता लागेपछि  त्यहाँको वस्तुस्थिति थाहा पाउन अझ सजिलो हुनेछ । अर्थात् मंगल ग्रह अहिले कति सक्रिय छ भन्ने कुरा त्यसबाट थाहा हुनेछ । साथै यसमा रेडियो ट्रान्समिसनको प्रयोग हुनेछ । त्यसबाट यो कसरी घुमिरहेको छ भन्ने पनि पत्ता लाग्नेछ । 

यो अभियानमा संलग्न रहेका वैज्ञानिक सुजैन स्मेकर भन्छन्,“तपाईं एउटा काँचो अण्डा लिनुस् र अर्को पाकेको अण्डा लिनुस् । दुइटालाई घुमाउँदा ती अलग अलग ढंगले घुम्नेछन् । किनकी तिनको भित्र तरल पदार्थ फरक फरक रुपमा हुन्छ । आज हामीलाई थाहा छैन कि मंगल ग्रहको भित्र तरल वस्तु छ कि ठोस  । साथै यसको भित्रि भाग कति ठूलो छ भन्ने पनि थाहा छैन । इन्साइटले हामीलाई यी कुराको जानकारी दिनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC