काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रेम गीत–२’ युट्युब ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको छ । चलचित्र युट्युब रिलिजको दुई दिन पुग्न नपाउँदै युट्युबमा एक नम्बर ट्रेन्डिङमा आइपुगेको थियो ।
आइतबार युट्युब च्यानल हाइलाइट्स मुभीजले युट्युबमा अपलोड गरेको चलचित्र ‘प्रेम गीत–२’ अझै पनि ट्रेन्डिङमा एक नम्बरमा छ । प्रदीप खड्का र अस्लेषा ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । ‘प्रेम गीत–२’ सन्तोष सेनले निर्माण गरेको चलचित्र हो ।
‘प्रेम गीत–२’ जर्नी लभ स्टोरी बोकेको चलचित्र हो । बक्स अफिस रिपोर्ट राम्रै रहेको चलचित्रले समीक्षा भने राम्रो पाउन सकेको थिएन ।
युट्युबमा बुधबार दिउसोसम्म चलचित्रलाई ४५ हजारले लाइक गर्दा साढे ३ हजारले डिसलाइक गरेका छन् । ३० लाखभन्दा धेरैले चलचित्र हेरिसकेका छन् ।