site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘मिस वल्र्ड–२०१८’:  हेड टु टेड च्यालेन्जमा श्रृखला टप २० मा
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘मिस नेपाल–२०१८’ श्रृंखला खतिवडा ‘मिस वल्र्ड–२०१८’मा हेड टु टेड च्यालेन्जमा टप २० मा पर्न सफल भएकी छन् । श्रृखंला समूह विजेता हुँदै टप २० मा पर्न सफल भएकी हुन् । 

उनले भोटिङमार्फत प्राप्त मतका आधारमा आफ्नो समूहमा रहेका सुन्दरीहरुलाई पपछि पार्दै समूह विजेता बनेकी हुन् । २० वटा समूहबाट बाँडेर हरेक समूहबाट एक÷एक जना छानिएको थियो । छनोटमा परेका २० जनाले मिस वल्र्डको टप ३० मा आरक्षित १० सिटका  लागि आपसमा प्रतिस्पर्धा गर्न पाउने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मल्टिमिडयो टाइटलका लागि पनि उनी अगाडि रहेकी छन् । सोसल मिडियातर्फ भोटिङमा १२१ देशका प्रतिस्पर्धी सुन्दरीहरुलाई पछि पार्दै श्रृंखला एक नम्बरमा पर्न सपफल भए उनले मल्टिमिडियाको टाइटल होल्ड गर्ने छिन् । अहिलेसम्म उनी अरुभन्दा अगाडि छिन् । भोटिङका लागि खुला गरिएको समय देखि नै श्रृंखलाले प्रतिस्पर्धीलाई पछिपार्दै लिड गरिरहेकी छिन् । 

उनले यो टाइटल हात पारे मिस वल्र्डमा नेपाली सुन्दरीले पाएको यो नै अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हुनेछ ।  

Global Ime bank

उनले आफ्नो फेसबुक पेज तथा अन्य सामाजिक सञ्जालमार्फत आफूलाई भोट गर्नका लागि बारम्बार अपिल गर्दै भोट गर्ने तरिका समेत सिकाएकी छिन् । मोभ स्टार एप मार्फत प्रतिस्पर्धीलाई भोट गर्ने ब्यस्था मिलाइएको छ ।  सामाजिक सञ्जाल ‘मोभस्टार’मा गएर प्रतिस्पर्धीको तस्बिर तथा भिडियोमा लाइक, सेयर तथा कमेन्ट गरेका आधारमा भोट काउन्ट हुन्छ ।  

उनले प्रतिस्पर्धी विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न र गीत गाउन आग्रह गर्दै भिडियो पोस्ट गरेकी छिन् । उनले आफ्नो भिडियोमा आफूलाई भन्दा पनि नेपालको सुन्दरतालाई देखाएकी छन् । उनले बौद्ध स्तुपादेखि सगरमाथासम्मलाई भिडियोमा समावेश गरेकी छन् ।

‘मिस वल्र्ड–२०१८’को फाइनल यही मंसिर २२ गते चीनको सान्यामा हुँदैछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०७५  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC