site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
पोल पोलमा प्रधानमन्त्रीको तस्बिर झुन्ड्याइयो, निर्मला पन्तको च्यातियो 
Sarbottam CementSarbottam Cement

बितेको साता सरकारले तामझामका साथ ‘नयाँ युगको सुरुआत’ भएको घोषणा गर्यो । प्रधानमन्त्रीको तस्बिरसहितको प्रचार गरेर सरकारले नयाँ युग सुरु भएको घोषणा गरेको थियो । श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले लागु गरेको सामाजिक सुरक्षा कोष, नेपालले पत्रपत्रिका र अनलाइनमा गरेको विज्ञापनको चौतर्फी आलोचना भयो । त्यतिमात्रै होइन, होर्डिङ बोर्डमा रोक लगाएको सरकारले काठमाडौंका बिजुलीका पोल पोलमा प्रधानमन्त्रीको तस्बिर झुन्ड्यायो । जहाँ लेखिएको थियो – नयाँ युगको सुरुवात ।

संगठित क्षेत्रका श्रमिकलाई पेन्सन सुविधा उपलब्ध गराउने सामाजिक सुरक्षा योजना आफैंमा राम्रो कामको आरम्भ भए पनि यसका चुनौती र प्रचारले यसलाई भद्दा बनाइदिएको विश्लेषण यो साता दैनिक पत्रपत्रिका र सामाजिक सञ्जालमा भयो ।

यो साता सबैजसो दैनिक पत्रिकाले निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरण अर्थात् पेन्सनको व्यवस्थासहित सरकारले योगदानमा आधारित सुरक्षा कार्यक्रम लागु गरेको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

नागरिक दैनिकले भने साढे १ खर्ब रुपैयाँको चुनौती रहेको भन्दै समाचार प्रकाशित गरेको थियो । नागरिक दैनिकले केही महत्त्वपूर्ण प्रश्न समाचारमार्फत गरेको छ – यति ठूलो कार्यक्रमका लागि सरकारको पूर्वतयारी के छ ? कार्यक्रम लागु भएपछि आउने समस्याबारे सरकार जानकार छ ? लाखौं मजदुर कर्मचारीका लागि अति आवश्यक र लोकप्रिय कार्यक्रम कार्यान्वयनमा लगेर सफल बनाउन सरकार सक्षम छ ? वा सिन्डिकेटको जात्राजस्तै हो ? 

के हो त सामाजिक सुरक्षा योजना ?
यो साता नयाँ पत्रिका दैनिकले सामाजिक सुरक्षा योजना के हो ? भन्ने बारेमा विस्तारमा समाचार प्रकाशित गरेको छ । रोजगारदाता, श्रमिक र सरकार मिलेर कोष बनाउने र पेन्सन दिने अनिवार्य योजना भएको समाचारमा उल्लेख छ ।

Global Ime bank

निर्मलाको पोस्टर टाँस्दा पक्राउ 
सरकारले कार्यान्वयनमा ल्याउन लागेको कार्यक्रमको यति तामझामसाथ प्रचार गरियो तर न्याय माग्दै बिजुलीका पोलमा टाँसिएको तस्बिर भने प्रहरी लगाएर हटाइयो । त्यतिमात्र हैन, काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा टाँसिएका निर्मला पन्तका तस्बिर सरकारले जबर्जस्ती हटायो । प्रहरीले पोस्टर टाँस्ने युवालाई पक्राउ गरियो ।

‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर टाँस्दा शुक्रबार काठमाडौंको माइतीघरबाट १२ जना युवालाई नियन्त्रणमा लिएर बेलुकी मात्रै छाडिएको थियो । शनिबार प्रकाशित दैनिक पत्रिकाले यस विषयलाई पनि प्राथमिकता दिएका छन् ।

विवादास्पद आइएनजीओको कार्यक्रम

यो साता ‘विवादास्पद आइएनजीओ’ ले गरेको कार्यक्रमको पनि उत्तिकै चर्चा भयो । एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी गरेको कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ । तर यस कार्यक्रमलाई नागरिक दैनिकले भने समर्थन गरेको देखिन्छ ।

यो समिट आइतबारसम्म चल्ने बताइएको छ । समिटले इसाई धर्मको प्रचार गरेको भन्दै सत्तारुढ दलका नेताहरुले समेत विरोध गरेका छन् । यसको जवाफ सरकारले दिनुपर्ने उनीहरुको माग रहेको छ ।

निर्मला पन्तका बुबा काठमाडौंमा भर्ना 
कञ्चनपुरमा साउन दोस्रो साता बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबा यज्ञराज पन्त बिरामी परेपछि उनलाई काठमाडौंको अस्पताल भर्ना गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा उनलाई भर्ना गरिएको हो । छोरीलाई बलात्कार र हत्या गर्नेलाई सार्वजनिक गर्नुपर्ने माग गर्दै धर्नामा बस्दा उनी बिरामी परेका थिए ।

वाइडबडीको ‘वाइड’ कथा 

अन्नपूर्ण पोस्ट दैनिकले नेपाल एयरलाइन्सले ल्याएका दुवै वाइडबडी विमानका सम्बन्धमा लगातार ‘स्टोरी’ प्रकाशित गरेको छ । अन्नपूर्णमा प्रकाशित समाचारअनुसार विमान खरिदमा ठूलै घोटाला भएको अनुमान गर्न सकिन्छ । महालेखा परीक्षकको कार्यालयले पनि यसका त्रुटि औंल्याएको छ ।

पोस्टमा प्रकाशित समाचारमा भनिएको छ – नेपाल एयरलाइन्सले हाई फ्लाईसँगै ती जहाज किनेको दाबी गर्दै आएको छ । उसले भने ती जहाजलाई ‘आफ्नो’ भनिरहेको छ । बेचिसकेकालाई कसैले ‘मेरो’ भन्दैन ।” उता नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारमा भने ‘वाइडबडीको स्वामित्व निगमकै, दुई जहाजको भन्सार मात्रै २५ करोड’ तिरिएको भन्दै उल्लेख छ ।

नेपाल एयरलाइन्सले भने यतिधेरै प्रश्न उठ्दा पनि आधिकारिक धारणा सार्वजनिक गर्नसकेको छैन । यस विषयमा संसदीय समितिमा छलफल सुरु भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०७५  ०६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC