site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
१४० मेगावाटको तनहुँ जलविद्युत आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आब्हान
Ghorahi CementGhorahi Cement

काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम अघि बढाएको छ ।
प्रवद्र्धक तनहुँले आयोजना निर्माणका लागि बुधबार अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेण्डर) आब्हान गरेको छ ।

बोलपत्र पेस गर्न ९० दिनको म्याद दिइएको छ । दुवै प्याकेजका लागि एकैपटक बोलपत्र आब्हान गरेको तनहुँका प्रवन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताए । उनले आउँदो अक्टुबरसम्म ठेक्का सम्झौता गरेर आयोजनास्थलमा ठेकेदार परिचालन गर्ने उनले जानकारी दिए ।

उनका अनुसार लट १ अन्तर्गत आयोजनाको मुख्य बाँध तथा नदी फर्काउनका लागि अस्थायी (कफर) बाँध निर्माण र लट २ अन्तर्गत विद्युतगृह, सुरुङ निर्माणका अतिरिक्त हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिका लागि बोलपत्र आब्हान गरेको हो । पूर्वयोग्यता छनौटमा परेका अन्तर्राष्ट्रिय कम्पनीले मात्र बोलपत्रमा भाग लिन सक्ने थिकेले जानकारी दिए ।  

Agni Group

प्याकेज १ अन्तर्गत आयोजनाको मुख्य बाँध र नदी फर्काउनका लागि अस्थायी बाँध निर्माणका लागि भारतको जयप्रकाश एशोसियट्स लिमिटेड, सोङदा कर्पोरेशन/कालिका कन्ट्रक्सन जेभी, एससीसी डोकास इन्ट्रिगेडेड, चाइना गेजुवा ग्रुप लिमिटेड र सीएमसी डी रेभेना इटालीले प्रतिस्पर्धामा भाग लिने पाउनेछन् । प्याकेज १ मा एसियाली विकास बैंक (एडीबी) र युरोपियन इन्भेष्टमेन्ट बैंक (इआईबी) को लगानी हुनेछ । 

यस्तै प्याकेज २ मा विद्युतगृह, सुरुङ निर्माण तथा हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिका लागि एससीसी हिन्दुस्तान कन्ट्रक्सन कम्पनी लिमिटेड, सिनो हाइड्रो कर्पोरेशन र सीएमसी डी रेभेन बोलपत्रमा भाग लिनका लागि छनौट भएका छन् । यसमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को लगानी हुनेछ । 
सन् २०१७ देखि निर्माण सुरु भई सन् २०२२ सम्म आयोजना सम्पन्न हुने गरी कार्ययोजना तयार भएको थिकेले जानकारी दिए ।

Global Ime bank

यस्तै लट ३ मा प्रसारणलाइन तथा सवस्टेशन निर्माण र १७ गाविसमा विद्युतिकरणको पूर्वाधार तयारीको योजना छ । यसअन्तर्गत प्रसारणलाइनको एलाइमेन्टको काम सकिएको छ । पूर्वयोग्यता छनौटको काम सुरु हुन लागेको थिकेले बताए । 
आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।

यसमध्ये एडीबीले १५ करोड, जाइकाको १८ करोड ४० लाख डलर, इआईबीले साढे ८ करोड र बाँकी ८ करोड ७० लाख डलर सरकार र नेपाल विद्युत प्राधिरकरणले लगानी गर्ने प्रारुप तयार गरिएको छ । आयोजना नेपाल विद्युत् प्राधिकरणको शत्प्रतिशत स्वामित्वमा छ ।

आयोजनाको पहुँचमार्ग र अन्य पूर्वाधार विकासको काम भइरहेको छ । आयोजनालाई आवश्यक मुआब्जाको मूल्य तय भइसकेको चाँडै वितरण हुने उनले जानकारी दिए ।

जलासयका लागि मात्र १ हजार २ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । सुरुङको लम्बाइ १ हजार २ सय मिटर छ । विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता हुन बाँकी छ ।

सरकारले जलासय अर्धजलासय आयोजनाको पीपीए दर निर्धारण गरेको छ । आयोजनाबाट वार्षिक ५९ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । 

सरकारले तनहुँलाई विद्युत उत्पादन अनुमतिपत्र(लाइसेन्स) दिइसकेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली तनहुँको दमौलीबाट ३९ किलोमिटर लामो २२० केभी प्रसारणलाइनको निर्माण गरी भरतपुर पुर्याइनेछ । यस्तै आयोजनाले तनहुँका १८ गाविसमा विद्युतीकरणको पूर्वाधार पनि निर्माण गर्नेछ । 
जलासययुक्त आयोजना तनहुँले सुख्खायाममा पनि दैनिक ६ घण्टा पूर्ण क्षमतामा र बाँकी समय कम क्षमतामा विद्युत् उत्पादन गर्नेछ । सरकारसँगको सम्झौताअनुसार आयोजनाको ठेक्का सम्झौतालगायत अन्य कामको जिम्मा लगानीकर्ता एडीबी र जाईकाले गर्नेछन् । 

यस्तै परामर्शदातामा  जर्मनीको ल्याह्मेयर इन्टरनेशनल छ । उसले १ वर्ष बोलपत्र तयारी, ६ वर्ष आयोजना निर्माण र ५ वर्ष सञ्चालन गरी १२ वर्षसम्म काम गर्नेछ । सुख्खायामको विद्युत् माग पूरा गर्न सरकारले तनहुँ आयोजना बनाउने तयारी गरेको हो । आयोजना बनाउन विद्युत् प्राधिकरणअन्तर्गत सहायक कम्पनी गठन गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १९, २०७३  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC