site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जित्न सक्लिन् शृंखलाले मिस वर्ल्डको ताज ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । शृंखला खतिवडाले मिस वर्ल्डमा दुईवटा टाइटल जितेकी छन् । ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ पर्पोज अवार्ड’ नामक दुईवटा टाइटल उनले आफ्नो पोल्टामा पारिन् ।  

यी दुई अवार्ड नेपालले पाएको यो पहिलो पटक हो । नेपालले मिस वर्ल्डको मञ्चमा पुगेर सफलता हात पारेको यो नै सबैभन्दा ठूलो र पहिलो पटक हो । मल्टिमिडिया अवार्ड मिस वर्ल्डले सामाजिक सञ्जालको प्रयोग बढ्दै गएपछि थप गरेको टाइटल हो । 

“हाम्रो पालामा अहिले भएका केही टाइटल हुँदैन थियो,” पूर्व मिस नेपाल मलिना जोशी भन्छिन्, “मेरो पालासम्म पनि मल्टिमिडिया अवार्ड थिएन ।” मलिना २०११ की मिस नेपाल हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

शृंखलाले यी दुई टाइटल जितेसँगै उनी उत्कृष्ट ३० मा पुगेकी छन् । ३० फाइनलिष्टमा उनले आफूलाई सुरक्षित गरेसँगै अब शृंखलाले पहिलाकै नियमअनुसार प्रतिस्पर्धा हुने हो भने उत्कृष्ट २० का लागि प्रतिस्पर्धा गर्नुपर्नेछ । “हरेक वर्ष मिस वर्ल्डले फर्म्याट चेन्ज गर्दै आएको छ त्यसैले यसै नै हुन्छ भनेर त म पनि भन्न सक्तिन,” जोशीले भनिन् । उत्कृष्ट ३० बाट २०, १०, ५ र ग्राण्ड फिनाले पनि हुन सक्ने तर यही नै हुन्छ भनेर भन्न नसकिने उनको भनाइ छ । 

पूर्व मिस नेपाल माल्बिका सुब्बाका अनुसार मिस वर्ल्डले आफ्नो प्रतिस्पर्धाको फर्म्याट पहिला नै सार्वजनिक गर्दैन । “हरेक वर्ष फरक फरक फर्म्याटमा प्रतिस्पर्धा गराउँछ,” उनी भन्छिन्, “प्रतियोगिताको फर्म्याट उनीहरु कहिले पनि डिस्क्लोज गर्दैनन् । यो उनीहरुको नियम नै हो ।” 

Global Ime bank

मिस वर्ल्डले बारम्बार प्रतिस्पर्धाको फर्म्याट परिवर्तन गर्दै आएकाले आगामी राउण्डमा पनि भोटिङ अथवा लोकप्रियता मापनका लागि अथवा सोसल मिडिया प्रयोग गर्न सक्ने सम्भावना रहेको उनी बताउँछिन् । माल्भिका २००२ की मिस नेपाल हुन् । 

शृंखला विश्व सुन्दरी हुने सम्भावना छ ? 
‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ पर्पोज अवार्ड’ आफ्नो पोल्टामा पारिसकेकी शृंखला खतिवडा विश्व सुन्दरी हुने सम्भावनालाई नकार्न नसकिने मलिना बताउँछिन् ।

“अहिलेसम्मको शृंखलाको पर्फर्मेन्स र उनले पाएको नतिजा हेर्दा जित्ने सम्भावना पनि देख्छु,” मलिनाले बाह्रखरीसँग भनिन्, “मल्टिमिडियामा जसरी हामी (शृंखला)लाई भोट प्राप्त भयो । यसको अर्थ सोसल मिडियामा शृंखला पपुलर छिन् भन्ने प्रमाण हो । यसले गर्दा पनि हामीले मिस वर्ल्ड जित्न सक्छौं भन्ने लाग्छ ।”

इन्जिनियरिङको पृष्ठभूमि रहेकी शृंखलालाई सामाजिक क्षेत्रमा काम गरेकी सुन्दरीका रुपमा विश्वभरका ब्युटी प्याजेन्ट सम्बन्धी समाचार संस्था तथा च्यानलहरुले समाचार प्रवाह गरिरहेका छन् । यो पनि उनका लागि सकारात्मक पक्ष हो । 

विश्वभरबाट प्रतिनिधित्व गरेका १२१ देशका सुन्दरीलालाई पछि पार्दै सबैभन्दा धेरै भोट पाउनुले उनी सबैभन्दा धेरै लोकप्रिय भएकाले उनले काम गर्न सक्छिन् भन्ने एउटा आधार आयोजकलाई हो भने ‘ब्युटी विथ अ पर्पोज’ अवार्ड पनि जितेकाले उनी मिस वर्ल्डको प्रवल दाबेदार रहेको मलिना बताउँछिन् । 

पूर्व मिस नेपाल माल्भिका सुब्बा मिस नेपालको इतिहासमा मिस वर्ल्डमा सहभागी भएर दुईवटा टाइटल जितेको नेपालले यो पहिलो पटक हो । 

यसअघि ब्युटी विथ अ पर्पोज टाइटल जितेको व्यक्ति टप १० सम्म पुगेको हुनाले कम्तिमा शृंखला टप १० मा पुग्ने उनको विश्वास छ । “हामी मिस नेपालहरुको एउटा ग्रुप छ । त्यसमा हिजो साँझमात्रै पनि हाम्रो कुराकानी भइरहेको थियो,” माल्भिका भन्छिन्, “शृंखला कम्तिमा पनि टप १० सम्म पुग्छिन् भन्ने हाम्रो अनुमान हो ।”

भोटिङका लागि खुला गरिएको समयदेखि नै शृंखलाले प्रतिस्पर्धीलाई पछि पार्दै लिड गरेकी थिइन् । उनले आफ्नो फेसबुक पेज तथा अन्य सामाजिक सञ्जालमार्फत् आफूलाई भोट गर्नका लागि बारम्बार अपिल गर्दै भोट गर्ने तरिका समेत सिकाएकी थिइन् । सामाजिक सञ्जाल ‘मोभस्टार’मा गएर प्रतिस्पर्धीको तस्बिर तथा भिडियोमा लाइक, सेयर तथा कमेन्ट गरेका आधारमा भोट काउन्ट हुन्थ्यो । 

उनले प्रतिस्पर्धी विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न र गीत गाउन आग्रह गर्दै भिडियो पोस्ट गरेकी थिइन् । उनले आफ्नो भिडियोमा बौद्ध स्तुपादेखि सगरमाथासम्मलाई समावेश गरेर नेपालको सुन्दरतालाई देखाएकी थिइन् । 

भोटिङमा नेपाल सधैँ अगाडि
सोसल मिडियामार्फत् हुने भोटिङ होस् या एसएमसमार्फत् हुने भोटिङ, यसमा नेपालीहरु अन्य देशको तुलनामा नेपाल अगाडि देखिने गरेको छ । सवा अर्ब जनसंख्या रहेको भारतलाई तीन करोड जनसंख्या रहेको नेपालले पछि पार्नुले यो पुष्टि हुन्छ । 

नेपाली मूलका भारतीय नागरिक प्रशान्त तामाङ इन्डियन आइडल सिजन तीन (२००७)मा इन्डियन आइडल बन्न सफल भएका थिए । उनी नेपाली जनताले गरेको अधिक भोटका कारण नेपाल आइडल भएको बताइन्छ । 

भारतको जनसंख्या एक अर्ब ३६ करोड छ भने चीनको जनसंख्या एक अर्ब ४१ करोडभन्दा धेरै छ । यो क्रमशः पृथ्वीको कुल जनसंख्याको १७ र १८ प्रतिशत हो । यति धेरै जनसंख्या भएका देशका जनताले भन्दा तीन करोड नेपालीले धेरै भोट गरेको देखिन्छ । 

नेपाल आइडल सिजन वानको फाइनलमा ९ करोड भोट आउनुले पनि नेपाली सामाजिक साञ्जाल र भोटिङमा निकै अगाडि रहेको देखिन्छ । 

यसरी औंल्याइन् शृंखलाले आफू पछि पर्नुको कारण 
उनले नेपालको किताबी शिक्षा अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रतिस्पर्धाका लागि बाधक बन्ने गरेको आफूलाई अनुभूत भएको बताएकी छन् । उनले जापानी प्रतिस्पर्धीले गाउँदा उपस्थित प्रतिस्पर्धी तथा सबैका आँखा रसाएका र भावविह्वल भएको प्रसंग कोट्याउँदै उनले दुई–तीन वर्षको उमेरदेखि नै गायन, नृत्य, पेन्टिङ तथा खेलमा लाग्ने वातावरण अन्य देशमा रहेको र त्यही नै वास्तविक जीवनमा उपयोगी हुने गरेको बताएकी छन् । नेपालमा सानै उमेरदेखि किताबी ज्ञानमा मात्रै जोड दिने गरेको तर त्यसबाहेकका क्रियाकलापलाई नजरअन्दाज गरिँदा नेपाल र नेपाली पछि परिरहेको उनले बताएकी छन् । 

‘मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते चीनको सान्यामा हुँदैछ । 

तस्बिरः मिस वर्ल्डको पेजबाट   
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC