site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बिराटसँग फिल्मबारे कुनै सल्लाह लिन्नँ
Sarbottam CementSarbottam Cement

– अनुष्का शर्मा



यतिबेला बलिउड अभिनेतृ अनुष्का शर्मा आफ्नो नयाँ फिल्म ‘जिरो’को प्रमोशनमा जुटेकी छन् । विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ताहरू बाक्लिएका छन् । यसै दौरान भारतको हिन्दीभाषी अनलाइन पत्रिका ‘नवभारत टाइम्स’ले पनि अनुष्कासँग उनको फिल्मी करिअरसँगै निजी जीवनका धेरै पाटामा कुराकानी गरेको थियो । प्रस्तुत छ, अनुदित तथा सम्पादित अंशः

१) अहिले शाहरुख खानका फिल्मले सय करोड कमाइ गर्दा पनि त्यसलाई सफल मानिँदैन । तपाईं त निर्मात्री पनि हुनुहुन्छ । अहिलेको फिल्म व्यापारलाई कसरी हेर्नुहुन्छ ?

Prabhu Bank
Agni Group
NIC Asia

फिल्मको बजेट र बक्स अफिस कमाइमाथि हुने चर्चा सुन्दा मलाई अचम्म लाग्छ । मेरो भनाइ सुन्नुहुन्छ भने फिल्मलाई फिल्मकै रूपमा हेर्नुपर्छ । यदि कसैलाई फिल्म राम्रो लाग्छ भने त्यसले २ हजार करोड पनि कमाउन सक्छ । कुन फिल्मले कति कमाउनुपर्छ वा कति कमाउन सक्छ भन्ने चर्चा मलाई सधैं गलत लाग्छ । यस्तो अवस्थामा तपाईंको प्रश्नमा कसरी उत्तर दिऊँ ?

कुनै फिल्मले राम्रो व्यापार गरिरहेका छन् । २ सय करोड लगानी भएको फिल्मले ८ सय करोड कमाइरहेका छन् । यसमा म के भन्नू ? मेरो लागि त्यसले खासै अर्थ राख्दैन । फिल्म हेरिसकेपछि दर्शकले कसरी चर्चा गर्छन्, मलाई त्यसले प्रभाव पाछ । सबैलाई सबैखाले फिल्म मन पर्छन् भन्ने हुँदैन । मेरो लागि विषयवस्तुप्रधान फिल्म मुख्य हुन् । भर्खरै आएको ‘बधाई हो’ फिल्मले राम्रो व्यापार गर्‍यो । अहिलेसम्म चलिरहेको छ । दर्शकले हेरिरहेका छन्, चर्चा गरिरहेका छन् । साथीभाइ, आफन्तलाई हेर्न सुझाव पनि दिइरहेका छन् । सफलता यही हो ।

Global Ime bank

२) तपाईं असफलताबाट कति प्रभावित हुनुहुन्छ ?

म सफलताले जति प्रभावित हुन्छ, असफलताबाट पनि उत्तिकै हुन्छु । सफलता पाउँदा म ‘ओहो, गजब काम गरिएछ’ भन्दै गमक्क फुलेर बस्दिनँ । सोच्छु— राम्रै भएछ । कुनै काम छनोट गरिएको थियो, सफल भएछ । यस्तो भावनाले आनन्द दिन्छ । जब आफूले खेलेको फिल्म असफल हुन्छ, तब शुरुमा लाग्छ— किन र कसरी यस्तो भयो ? मन वेचैन हुन्छ । तर, पछि त्यसबाट उम्किहाल्छु । यो फिल्मी क्षेत्र यस्तै हो । सफलता र असफलता सँगसँगै हिँडिरहेका हुन्छन् ।

अनि, कुनै फिल्म सफल हुन्छ कि असफल भनेर कसैले अनुमान लगाउन सक्दैन । फिल्म बनाउनु र दर्शकले मन पराउनु कुनै गणित होइन । यसको एउटै उत्तर हुँदैन । कसैले नपत्याएका फिल्मले जादुमयी काम गरिरहेका हुन्छन् । कोही ठूला फिल्मले पानी पनि भन्न पाउँदैनन् । त्यसैले असफलताबाट पाठ सिकेर अगाडि बढ्नुमै बुद्धिमता हुन्छ ।

३) आफ्नो करियरलाई लिएर तपाईंका के–कस्ता योजना छन् ? कुनै ‘ड्रिमरोल’ छन्, जुन गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ?

मैले आजसम्म सोचेकी थिइनँ कि पछि के गर्छु । केही सोच्दैमा भइहाल्छ भन्ने हुँदैन । जे हुनु छ, कतै न कतैबाट भइहाल्छ । मैले सोच्दैमा पनि केही हुँदैन । धेरै सोच्नुभन्दा बरु म आफैंले तयो फिल्म बनाऊँ भन्ने लाग्छ । अब मैले आफ्नो प्रोडक्सन हाउस चाट बेच्न त खोलेकी होइन होला । मैले कुनै भूमिकाको लागि सपना सजाउँदिनँ । मेरो शर्त एउटामात्रै हो— राम्रो र रोचक कथा हुनुपर्छ ।

४) पछिल्ला १० वर्षमा तपाईंले निभाउनुभएका भूमिकामा सबैभन्दा मन परेको कुन हो ?

अब यो म कसरी भन्न सक्छु ? यो प्रश्नको उत्तर दिनै सक्दिनँ ।

५) ‘जिरो’को तपाईंको भूमिका कसरी बन्यो ? तपाईंले आफूलाई त्यो भूमिकामा प्रस्तुत गर्न के गर्नुभयो ?

(आनन्द एल रोयद्वारा निर्देशित ‘जिरो’मा शाहरुख खान, अनुष्का शर्मा र कैटरिना कैफको मुख्य भूमिका छ । फिल्ममा शाहरुख बउआ सिहको भूमिकामा छन् । मेरठको मध्यमवर्गीय परिवारका बउआ कदमा सानो भए पनि ठूला–ठूला सपना देख्छन् । अनुष्का शर्मा ‘सेरेब्रल पल्जी’बाट ग्रसित युवतीको भूमिकामा छिन् ।)

कथा सुन्नेबेलै मलाई थाहा थियो कि मेरो भूमिका ‘सेरेब्रल पल्जी’ (त्यस्तो स्नायु रोग, जसका कारण बालबालिकाको शारीरिक विकास राम्ररी हुन पाउँदैन) रोगबाट ग्रसित हुन्छ । शारीरिक हाउभाउ पनि फरक हुन्छ, जुन म आफैंले गर्नुपर्छ । क्यामराअघि शट दिने बेला संवाद स्मरणसँगै शारीरिक हाउभाउमा पनि उत्तिकै ध्यान दिनुपथ्र्यो । ‘सेरेब्रल पल्जी’का कारण शरीर र अनुहारमा आउने परिवर्तनलाई सही तरिकाले देखाउन सक्नु ठूलो चुनौती थियो ।

सही शटका लागि कतिपटक रि–टेक लिनुपथ्र्यो, कुरै गरिसाध्य छैन । शुरुशुरुमा त साह्रै संघर्ष गर्नुपर्‍यो । तीन महिनासम्म ‘सेरेब्रल पल्जी’बारे बुझ्न खुब अध्ययन गरें । थुप्रै विशेषज्ञको पनि सहयोग लिएँ । मैले निभाएको पात्रको दिमाग तेज हुन्छ । व्यावसायिक रूपमा उसले थुप्रै उपलब्धि प्राप्त गरिसकेकी हुन्छे । उसले त्यो ‘स्पिरिट’ गुमाउन सक्दिन । ऊ सुन्दर पनि छे । कलाकारको रूपमा हामी सधैं यस्ता कठिन भूमिका खोजिरहेका हुन्छौं । म भाग्यमानी छु किनभने एकपछि अर्को गर्दै यस्ता भूमिका पाइरहेकी छु ।

निर्देशक आनन्द एल रोयले शुरुमा मलाई मेरो भूमिकाबाट सुनाउँदा ठूलो चुनौतीजस्तो लागेको थियो । मेरो पछिल्लो फिल्म ‘परी’पछि आएको फिल्ममा पनि भूमिका चुनौतीपूर्ण नै थियो । अब मलाई लिएर निर्देशकहरू ढुक्क भइसकेका छन्— अनुष्कालाई जस्तो चुनौतीपूर्ण भूमिका दिए पनि राम्ररी गर्न सक्छे ।

६) यो फिल्ममा काम गर्नुअघि तपाईंले धेरै अध्ययन गर्नुभएछ । अपांगता भएका व्यक्तिहरूका लागि भारतमा कस्तो अप्ठ्यारो देख्नुभयो ?

भारतमा अपांगता भएका व्यक्तिहरूका लागि अत्यन्तै कम सुविधा छन् । मैले ‘सेरेब्रल पल्जी’बाट ग्रसित मेरो भूमिकाका लागि सरसल्लाह लिँदा डक्टरहरूले यस्ता बिरामीले भोग्नुपरिरहेका तमाम समस्याबारे बताएका थिए । उनीहरूका अनुसार भारतमा अपांगता भएका व्यक्तिका लागि सुविधा नै छैनन् । हामी कलाकारले जब यस्ता भूमिकामा काम गर्छौं, तब यससम्बन्धी थुप्रै जानकारी पाउँछौं । फिल्ममार्फत आममानिसलाई यसबारे जागरुक बनाउन त्यसले मद्दत गर्छ ।

जिन्दगीमा यस्तो समय पनि आउँछ, जब व्यक्तिले आफूलाई शून्य (जिरो)मा पाउँछ । अहिलेसम्म मेरो जिन्दगीमा यस्तो समय आएको छ । अब मलाई त्यो अवस्था महसुस गर्नु छ । जब व्यक्ति शून्यमा पुग्छ, त्यसपछि उसले आफूलाई जता पनि लैजान सक्छ । शून्यबाटै सबै कुरा निस्कन्छ । अन्तिममा मान्छे शून्यमै बिलाएर जान्छ । यो कुरा ठूलो दर्शनजस्तो लागे पनि जिन्दगीको वास्तविकता यही हो ।

७) तपाईंका फिल्म लगातार सफल भइरहेका छन् । कुनै पनि फिल्म छनोट गर्नुअघि तपाईंले को–कोसँग सरसल्लाह गर्नुहुन्छ, सुझाव लिनुहुन्छ ? विराट (पति)सँग फिल्मबारे सल्लाह गर्नुहुन्छ ?

मैले विराटसँग आफ्नो फिल्म या कुनै पनि कथाबारे कुनै सल्लाह लिन्नँ । उनीसँग सल्लाह लिएँ भने थाहा छैन कस्तो फिल्म बन्छ । उनले जे काम गर्छन्, त्यसमै उनी सिद्धहस्त छन् । मैले उनको कामबारे कहिल्यै केही भन्दिनँ, उनले पनि मेरो कामबारे केही भन्दैनन् । यो कुरामा हाम्रो राम्रो समझदारी छ ।

मेरो भाइलाई फिल्म र कथाबारे राम्रो जानकारी छ । त्यसैले कुनै पनि फिल्म छनोट गर्नुअघि मैले ऊसँग सल्लाह लिन्छु । फिल्मसम्बन्धी उसको जानकारीबाट थुप्रै निर्देशक साथीहरूले पनि फाइदा लिन्छन् । फिल्म र कथाको मामिलामा म आफ्नो मनको कुरा पनि सुन्छु । सफल भएन भने त्यसको सम्पूर्ण जिम्मा मेरो हुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC