site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बैठक समयमै शुरू नगरेको भन्दै झलनाथ खनाल, माधव नेपालसहित चारजना नेताद्वारा बहिस्कार
Sarbottam CementSarbottam Cement

काठमाडौँ । सचिवालय बैठक समयमै शुरू नभएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार नेताले बैठक बहिस्कार गरेका छन् ।

शनिबार दिउँसो तीन बजे बोलाइएको बैठकमा अध्यक्ष केपी शर्मा ओली आउन ढिला गरेपछि नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले आधा घन्टा पर्खियौँ, बिना सूचना उहाँ (पार्टी अध्यक्ष केपी ओली) अनुपस्थित रहनुभयो । हामीलाई जानकारी गराउनुभएन । उहाँ व्यस्त हुनुहोला, हाम्रो पनि काम थियो, बैठकबाट बाहिरियौँ,” नेता खनालले बाह्रखरीसँग भने ।

पार्टी अध्यक्षको समय व्यवस्थापनसँग शीर्ष नेताहरू रुष्ट थिए । कार्यक्रममा ढिला आउने, पट्यारलाग्दो भाषण गर्ने । समय खेर फाल्ने शैलीबारे नेता खनाल, नेपाल र श्रेष्ठले शुरूदेखि नै विमति राख्दै आएका थिए ।

Global Ime bank

श्रेष्ठले केहीसमयअघि शीर्ष नेताले समयको पालना नगरेको भन्दै केपी ओलीकै अघिल्तिर आक्रोश पोखेका थिए ।

तर, जति गरे पनि सुध्रने छाँट नदेखाएपछि सचिवालय सदस्य रूष्ट बनेको स्रोतको दाबी छ ।

स्थायी कमिटीको बैठक नबोलाउने सचिवालय बैठक पनि सारेको सा¥यै गर्न थालेपछि नेकपामा असन्तुष्टि चाङ लाग्न थालेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC