काठमाडौं । मानव अधिकारकर्मी तथा कवि कृष्ण कँडेललिखित दोस्रो कविता सङ्ग्रह ‘पाञ्चाली’को विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंस्थित शर्वनाम थिएटरमा उक्त कृति विमोचन गरिएको हो ।
मानव अधिकार तथा शान्ति समाजद्वारा प्रकाशित पाञ्चाली कविता संग्रह वरिष्ठ नाटककार अशेष मल्ल, वरिष्ठ पत्रकार किशोर नेपाल, प्रा.डा सावित्री कक्षपति, शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, गजलकार ज्ञानुवाकर पौडेलले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
समाजद्वारा आयोजित उक्त कार्यक्रमको सभापतित्व समाजका केन्द्रीय कार्यसमितिका सभापति उत्तम पुडासैनीले गरेका थिए ।
विमोचित कृति र कवि कँडेलबारे केन्द्रित रहेर अशेष मल्ल, किशोर नेपाल, ज्ञानुवाकर पाडेल, प्रा.डा सावित्री कक्षपति, समाजका निवर्तमान सभापति तथा सल्लाहकार डा. गङ्गाधर अधिकारीले मन्तव्य राखेका थिए ।