site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रवीको १२५ रनमा शरदको भैरहवाले लक्ष्य भेट्टायो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । रवी इन्दर सिंहको उत्कृष्ट ब्याटिङमा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोजमाथि ४ विकेटको जित हात पारेको छ । जारी ईपीएलमा टस जितेर कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पोखरा राइनोजले दिएको २१६ रनको लक्ष्य भैरहवाले २० ओभर पूरा खेल्दै ६ विकेट गुमाएर पूरा गरेको हो । 
भैरहवाको जितमा भारतीय खेलाडी रवी इन्दर सिंहले एभरेस्ट प्रिमियर लिगमै पहिलो शतक प्रहार गरे । ईपीएलको तीन वर्षे इतिहासमा सिंह पहिलो शतक प्रहार गर्ने ब्याट्सम्यान बनेका हुन् ।
जारी ईपीएलमा सिंहले पोखरा राइनोज विरुद्ध शतक प्रहार गर्ने क्रममा ६० बलको सामना गर्दै १२५ रन बनाए । सोक्रममा उनले १० छक्का र ८ चौका प्रहार गरे ।
त्यस्तै, भैरहवाका लागि आरिफ शेखले २३ र रायन टेन डिस्च्याटेले १६ तथा प्रदिप ऐरीले १४ रन बनाए । भैरहवाविरुद्ध पोखराका सुसान भारी, विक्रम सोव, पाउल कौलिङले समान दुुई—दुुई विकेट लिए  । 
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले भैरहवालाई २१६ रनको विशाल लक्ष्य प्रस्तुुत गरेको थियो । ईपीएलको ३ वर्षे इतिहासमा सबैभन्दा धेरै रन भैरहवाविरुद्ध पोखराले प्रहार गरेको थियो । भैरहवाले उक्त लक्ष्य २ बल बाँकी हुँदै पूरा गरेको छ ।
पोखराका लागि  रिचर्ड लेभिले सर्वाधिक ७९ रन बनाएका थिए । त्यस्तै, अर्का ओपनिङ ब्याट्सम्यान कप्तान काइल कोइट्जरले ३५ बलको सामना गर्दै ४६ रन बनाए भने सुनिल धमलाले २३ बलमा ३८ रन र पाउल कौलिनले २० रन बनाएका थिए ।
पुनित मेहरा, कृष्ण कार्की, अभिनास बोहरा र रायन टेन दोसच्याटेले समान एक—एक विकेट लिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC