site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जनप्रतिनिधिको माग– फोहोर व्यवस्थापनमा सिंहदरबारले पनि चासो देखाउनुपर्‍यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेंशी नगरपालिकाका जनप्रतिनिधिले उपत्यकाको फोहोर व्यवस्थापनमा सिंहदरबारले चासो देखाउनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा फोहोर प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँगको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई उक्त जिल्लाका जनप्रतिनिधिले यस्तो बताएका हुन् ।

२०६४ सालमा ३ वर्षका लागि फोहोर फाल्नका लागि बनाइएको नुवाकोटस्थित सिसडोल हाल उपत्यकाको फोहोरले भरिएपछि उपत्काको फोहोर नियमित उठ्न सकेको छैन । बैठकमा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुले उपत्यकाका स्थानीय तह र धादिङ–नुवाकोटका उक्त दुई स्थानीय तहसहित स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालयललाई साथमा राखेर ठोस छलफल गर्न आवश्यक रहेको समेत बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“फोहोर व्यवस्थापनका विषयमा प्रभावित स्थनीय तहका आ–आफ्नै चुनौती छन् । ती पीडा कम गर्न यसअघि केही काम पनि भएका छन्,” आइतबार उक्त बैठकमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने, “फोहोर फ्याँक्ने ठाउँ दिने नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिका तथा फोहोर उत्पादन गर्ने उपत्यकाका नगरपालिकालाई संघीय सरकारसँग जोडेर फोहोर व्यवस्थापन जोड गर्नेछु ।”

बैठकमा धुनीबेंसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले फोहोर व्यवस्थापनमा परिणाम देखाउन नसक्दा आलोचित हुनु परेको बताए । “फोहोर नपठाउनूस्, केही दिनु पनि पर्दैन,” बैठकमा उपमेयर निरु खरेलले भनिन् ।
ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले स्थानीयलाई जवाफ दिन सक्ने अवस्था आफूहरुमा नभएको गुनासो गरे ।

Global Ime bank

उपाध्यक्ष सीता खतिवडा लामाले महानगर प्रभावित क्षेत्रको पनि अभिभावक भएकोले फोहोर उठाइरहेका निजी साझेदार संस्थासँग समन्वयमा प्रभावकारी भूमिका खेल्न आग्रह गरिन् ।

फोहोर उठाउने र फ्याँक्ने क्रममा त्यहाँको वातावरण  र स्वास्थ्यमा परेको परेको प्रभाव न्यूनीकरण पहिलो आवश्यकता भएकोले बञ्चरे डाँडाको पूर्वाधार तयार गर्दा यसमा चनाखो हुनु पर्ने बैठकमा उपस्थित सबैको मत थियो । 

बैठकमा काठमाडौं महानगरपालिकाका मेयर शाक्यले ल्याल्डफिल्ड साइटको दीगो व्यवस्थापन गर्न सिंहदरबार, सडक विभाग र काठमाडौं महानगरपालिकाबीच जिम्मेवारी बाँडफाँड भइसकेको जानकारी दिँदै बालाजुदेखि तीनपिप्लेसम्मको सडक निर्माण तत्काल सम्पन्न गर्न ठेकेदारलाई ताकेता भइसकेको बताए । “ओखरपौवा सिसडोलदेखि बञ्चरे डाँडासम्मको १।९ किलोमिटर सडक दुईतर्फी कालोपत्रे गर्न यही १० गते बोलपत्र आह्वान सूचना प्रकाशित भइसकेको छ,” मेयर शाक्यले भने ।    

 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC