site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अनलाइन कारोबारमा लगानीकर्ताकै उदासिनता, ८ जनाले मात्र लिए युजरनेम र पासवर्ड
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । लगानीकर्ताले जुनसुकै स्थानमा बसेर सेयर कारोबार गर्न पाउने भए पनि पहिलो दिन ८ जनाले मात्र युजरनेम र पासवर्ड लिएका छन् । कात्तिक २० गते सुरु भएको नेप्से अनलाइन कारोबार प्रणालीमा कारोबार गर्न नेप्सेले हिजो (मंसिर २३) देखि युजरनेम र पासवर्ड लिन पाउने व्यवस्था गरेपनि पहिलो दिन युजरनेम र पासवर्ड लिनेको संख्या न्यून देखिएको हो ।
दुई हप्ताअघि लगानीकर्ताले नेप्से कार्यालय घेराउ गरी युजरनेम र पासवर्ड पाउने मिति तोक्न माग गरेका थिए । नेप्सेले आइतबारदेखि नै लगानीकर्ताको मागबमोजिम काम गर्ने बताएको थियो । त्यसपछि नेप्सेले लगानीकर्तालाई अनलाइन ट्रेडिङबारे तालिम दिइरहेको भएपनि लगानीकर्ता घरमै बसेर कारोबार गर्न तयार देखिएनन् ।
सेयर बजारमा हाल १० लाख हाराहारीमा लगानीकर्ता रहेका छन् । तीमध्ये करिब ३ लाख लगानीकर्ता नियमित सेयर कारोबार गर्छन् । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार पहिलो दिन युजरनेम र पासवर्ड लिनेको संख्या न्यून रह्यो । अनलाइन ट्रेडिङ प्रणाली सहज भएको तथा युजरनेम र पासवर्ड लिने प्रक्रिया छोटो भएपनि ८ जनाले मात्र आईडी र पासवर्ड लिएको उनले बताए ।
ट्रेडिङ प्रणाली इन्स्टल भएपनि ब्रोकरहरुले पुरानै प्रणालीबाट काम गरिरहेकोमा आइतबारदेखि लगानीकर्ता आफैंले कारोबार खरिदबिक्रीको आदेश दिन पाउने भएका थिए । यसअघि नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नोट्स)मा ब्रोकरहरुको स्तरसम्म मात्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) एक्टिभ रहेको थियो । आइतबारदेखि नेप्सेले लगानीकर्तासम्म टएिमएस एक्टिभ गरिएको हो ।
युजरनेम र पासवर्डका लागि लगानीकर्ताले ब्रोकरसँग सम्झौता गर्नुपर्ने हुन्छ । यसरी सम्झौता गरेकाहरुले मात्र युजर नेम र पासवर्ड पाउन सक्नेछन् । नेप्सेले यसअघि नै सूचना जारी गरेर मंसिर २३ गतेदेखि धितोपत्र कारोबार सञ्चालन विनियमावली–२०७५ अनुरुप सदस्य दलालसँग सम्झौता गरेका ग्राहकलाई युजरनेम र पासवर्ड उपलब्ध गराउने कार्यको थालनी गर्ने जनाएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC