site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विवादमा राजदूतहरु–मानव तस्करीदेखि भवन खरिदसम्म
Ghorahi CementGhorahi Cement

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा अहिले काठमाडौं आएकी छन् । मानव तस्करी जस्तो गम्भीर आरोप लागेपछि उनलाई परराष्ट्र मन्त्रालयले काठमाडौं बोलाएको हो । सम्भवतः परराष्ट्रले सोमबार उनीसँग स्पष्टिकरण लिनेछ । 

वाङ्छु शेर्पा नाम गरेका एक व्यक्तिले आफूसँग राजदूत लक्की शेर्पाले ३३ लाख रुपैयाँ लिएको आरोप लगाएका छन् । शेर्पामाथि मानव तस्करीको आरोप लागेको छ । 

राजदूतले एक जना सवारी चालक र एक जना भान्से नेपालबाट लैजान पाउने व्यवस्था छ । वाङ्छु राजदूतको सवारी चालकको रुपमा अष्ट्रेलिया पुगेका हुन् । सवारी चालक भई अष्ट्रेलिया जान राजदूतलाई ३३ लाख बुझाएको उनले बताएपछि राजदूत लक्की शेर्पा विवादमा तानिएकी हुन् । शेर्पा तत्कालिन नेकपा माओवादी केन्द्रको कोटामा अष्ट्रेलियाको लागि राजदूत नियुक्त भएकी हुन् । 

Agni Group

विवादमा तानिने राजदूतमा लक्की शेर्पा एक्ली छैनन् । स्पेनको लागि नेपाली राजदूत भरतबहादुर रायमझी पनि पछिल्लो समय विवादमा तानिएका छन् । स्पेनको मड्रिडमा दूतावास स्थापना गर्दा अनियमितता गरेको आरोप उनिमाथि लागेको छ । उनले अनियमितता गरेको भन्दै परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सम्बन्धित निकायले उनीमाथि पनि छानबिन गरिरहेको छ । 

“परराष्ट्र र अख्तियारले मलाई केही विषयमा सोधेको छ, मैले जवाफ दिएको छु,” स्पेनका लागि नेपाली राजदूत रायमाझीले बाह्रखरीसँग भने, “ममाथि अनैतिक काम गर्यो भन्ने आरोप छ । यो निराधार कुरा हो । म आर्थिक अनियमितता गर्ने मान्छे होइन । मेरो पछाडि केही मान्छे लागेका छन् ।” 

Global Ime bank

राजदूत रायमाझीमाथि परेको उजुरीमा उनले नक्कली बिल बनाइ रकम बुझेको आरोप लगाइएको छ । उनीमाथि विभिन्न सामान खरिद गरेर रेष्टुरेन्टको बिल बनाएको आरोप छ । त्यतिमात्र होइन स्पेनमा दूतावास भवन भाडामा लिनुअघि होटलमा बस्दाको बिल पनि नक्कली पेस गरेको आरोप उनीमाथि लागेको छ । 

“स्पेन आउँदा मसँग क्रेडिट कार्ड थिएन । त्यसैले होटल अर्कैको नाममा बुक गर्न पर्यो । जसको नाममा बुक गरेको उसैले होटलको पैसा तिर्यो । मैले उसलाई पैसा बुझाएको छु । तर मन्त्रालयमा फाँटबारी बुझाउँदा बिल चाहियो । त्यसैले बिल पछि बनाउनुपर्यो,” राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटाबाट राजदूत बनेका अवकासप्राप्त सहायक रथी रायमाझीले भने । 

जापानको लागि नेपाली राजदूत प्रतिभा राणा पनि विवादमा तानिएकी छन् । उनले श्रीबत्स राणालाई मासिक ३ हजार ३ सय अमेरिकी डलर दिने गरी सहयोगीको रुपमा जापान लगेपछि उक्त विषयमा महालेखापरीक्षकको कार्यालयले आपत्ति जनाउँदै आएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनी जापानको लागि राजदूत नियुक्त भएकी थिइन् । महालेखाले आपत्ति जनाएपनि तत्कालीन प्रधानमन्त्री देउवा र तत्कालीन अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जबरजस्ती निर्णय गरी श्रीबत्सलाई सहयोगीको रुपमा लैजान पाउने व्यवस्था मिलाई दिएका थिए । यस्तो सुविधा अन्य कुनै देशका नेपाली राजदूतलाई भने छैन । राजदूत राणाले सहयोगीको रुपमा श्रीबत्सलाई लैजाँदा राष्ट्रले वार्षिक करिब ४५ लाख रुपैयाँ थप व्ययभार बेहोर्नुपरेको छ ।

“नियमविपरीत जापानको लागि नेपाली राजदूतले सहयोगी बनाइ एक व्यक्तिलाई लैजानुभएको छ । यो खर्चलाई हामी बेरुजुमा राख्नेछौं,” महालेखापरीक्षकको कार्यालय स्रोतले भन्यो । 

अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले वासिङ्टनमा नयाँ दूतावास भवन खरिद गरेपछि उनी पनि विवादमा तानिएका छन् । भवन खरिदमा ७६ लाख अमेरिकी डलर (करिव ८४ करोड रुपैयाँ) खर्च भएको छ । भवन खरिदमा पारदर्शीता नभएको भन्दै वासिङ्टनस्थित नेपाली दूतावासमा कार्यरत कर्मचारीले कागजातमा हस्ताक्षर गर्न नमानेपछि उक्त खरिद प्रक्रियासँगै राजदूत पनि विवादमा तानिएका हुन् । दूतावासका कर्मचारीले कागजातमा हस्ताक्षर नगरेपछि खरिद प्रक्रियासम्बन्धी कागजातमा परराष्ट्र मन्त्रालयबाट कर्मचारीलाई केही दिनको लागि काजमा वासिङटन लगेर हस्ताक्षर गरिएको थियो । 

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने दूतावास भवन खरिद प्रक्रियामा कुनै चलखेल नभएको बताउँदै आएका छन् । केही साता अघि परराष्ट्र मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नयाँ दूतावास भवन खरिद गर्दा सबै प्रक्रिया पुर्याइएको दाबी गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC