site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
निःसन्तान दम्पतीको छटपटी र खटपटी \'प्रसाद\'
Sarbottam CementSarbottam Cement

“राम्रो फिल्म हुनलाई जुरीको मन जित्ने हुनुपर्छ भन्ने छैन, दर्शकको दिमाग र कल्पनामा पछिसम्म पनि रहने हुनुपर्छ । धेरै समयपछि पनि त्यो दर्शकको सम्झनामा रहन सक्नुपर्छ,” अभिनेत्री तथा चलत्रिच निर्मात्री केट ब्लान्चेटको भनाइ हो यो । नेपालमा यस्ता चलचित्र कति बने ? केही नाम फेला पनि पर्लान् तर माथिको भनाइको अर्थ अनुसारको चलचित्र भने सायद बनेका छैनन् होला । नेपाली चलचित्रको इतिहासले आधा शताब्दीको यात्रा तय गरिसकेको छ । सुरुका वर्षमा प्रतिवर्ष एकाध चलचित्र मात्रै निर्माण भएपनि पछिल्लो दशक सयको हाराहारीमा चलचित्र प्रदर्शन हुँदै आएका छन् । यद्यपि राम्रा चलचित्रको खडेरी नै छ । यसको कारण राम्रो कथाको अभाव रहेको चलचित्र समीक्षक तथा जानकारहरुले बताउँदै आएका छन् । यो वर्ष पनि दर्जनौं चलचित्र प्रदर्शनमा आइसकेका छन् । प्रदर्शनमा आएका चलचित्रका कथाले पनि खासै वाहीवाही बटुल्न सकेनन् । 

पछिल्लो शुक्रबार सञ्चारकर्मी सुशील पौडेलद्वारा लिखित चलचित्र ‘प्रसाद’ रिलिज भयो । चलचित्र समीक्षामा तीखो कलम चलाउने पौडेलले लेखेको चलचित्रको कथा कस्तो छ भन्ने धेरैलाई कौतूहल थियो । ‘प्रसाद’को कथाले समीक्षामा जस्तै उनको कलम चलचित्रको कथामा पनि अब्बल नै रहेको देखिएको छ । 

निःसन्तान दम्पतीको सन्तान प्राप्तिको छटपटी नै चलचित्र ‘प्रसाद’को मुख्य कथानक हो । आमाबुवा बन्ने व्यग्र चाहना बोकेको दम्पतीको जिन्दगीमा आएको उतरचढाव नै चलचित्रको कथा हो । यो कथा भन्न निर्देशक दिनेश राउतले बाबुराम (विपिन कार्की), नारायणी (नम्रता श्रेष्ठ) र रमेश (निश्चल बस्नेत)लाई लिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पश्चिम नेपालको एक गाउँमा रहेका वडाध्यक्षकी छोरी नारायणी र दर्जीको काम गर्दै आएका बाबुरामबीच मायाप्रेम बस्छ । अन्तरजातीय विवाहलाई गाउँ, समाज र परिवारले नस्वीकार्ने भएपछि उनीहरु काठमाडौं लाग्छन् । कोठा खोज्न जाँदा कुन जात ? भन्ने प्रश्नले बाबुराम र नायराणीको दम्पतीले  काठमाडौं पनि दरिद्र सोचबाट मुक्त हुन नसकेको चाल पाउँछन् । 
काठमाडौंको साँघुरो वातावरणमा हाँसीखुसी जीवन बिताइरहेको यो दम्पतीमा त्यतिबेला आगोको फिलिङ्गो छिर्छ, जतिबेला बाल सखा रमेशसँग बाबुरामको भेट हुन्छ । फूलजस्ती बाबुरामकी श्रीमतीमा जब रमेशको आँखा पर्छ, त्यही बेला नारायणी आफू असुरक्षित महसुस गर्न थाल्छे । 

नवदम्पती पुरानो हुँदै जान्छ । तर, उनीहरुको माया झन्झन् गाढा हुँदै जान्छ । नारायणीमा आमा बन्ने चाहनाको बिउ रोपिन्छ । उनको इच्छा पूरा गरिदिन बाबुराम पनि तयार हुन्छन् । तर जब बाबुराम डाक्टरको परामर्शमा पुग्छन्, उनको जिन्दगीमा भूकम्प जान्छ । आफूमा सन्तान उत्पादन गर्ने क्षमता नभएको थाहा पाएपछि त्यसको विकल्पका रुपमा टेस्ट्युब बेवीका लागि आवश्यक खर्चको जोहोमा बाबुराम जुट्छन् । ठीक त्यही बेला नारायणी बलात्कृत हुन्छिन् । त्यसपछि बाबुराम र नारायणीको जीवनमा आउने उकाली र ओराली नै चलचित्रको मुख्य द्वन्द्व हो । 

Global Ime bank

बदला लिन बाबुराम बौलाएको बाघ जस्तो बन्छन्र । भुइँमान्छेले चाहँदैमा बदला लिन सक्छ कि सक्तैन ? एकातिर चलचित्रले भन्न खोजेको छ भने अर्कोतिर सन्तानका लागि आमाले कतिसम्म त्याग र बलिदानी दिन सक्छिन् भन्ने ‘प्रसाद’ले देखाएको छ । 

‘प्रसाद’ नेपाली समाजको मौलिक कथा हो । सन्तान प्राप्तिको सुख नपाउँदा छटपटाइरहेका दम्पतीको पीडा हो । बाबुरामको चरित्रमा विपिन उपयुक्त छन् । पूर्वी नेपालको मोरङका विपिनको रियल जीवनको लवज पूर्वेली भए पनि रिलमा उनी पश्चिमेली लवजमा चुस्त छन् । अघिल्ला केही चलचित्रमा लाउड चरित्रको आरोप खेपेका उनले ‘प्रसाद’मा यो मौका दिएका छैनन् । नारायणीको चरित्रमा नम्रताले मेहनत गरेकी छन् । ठाउँठाउँमा स्लिप भए पनि दर्शक तान्न उनी पर्याप्त छिन् । खलपात्रमा ठिकठाक छन् निश्चल । 

चलचित्र सम्पादनमा निर्देशक राउत कैंची चलाउन केही चुेकका छन् । १५ मिनेट छोट्याएर २ घण्टामा चलचित्रलाई छोट्याउन सकिने प्रशस्त ठाउँ छन् । सिनेम्याटोग्राफीमा खोट लगाउने ठाउँ छैन । चलचित्रमा प्रशंसनीय काम शैलेस श्रेष्ठले ब्याग्राउण्ड स्कोरमा गरेका छन् । ठाउँ ठाउँमा प्रयोग भएको ब्याकग्राउण्ड स्कोरले चलचित्रलाई थप सुन्दर बनाएको छ । अक्सर नेपाली चलचित्रमा हुने गरेको लाउड ब्याकग्राउण्ड स्कोर ‘प्रसाद’का दर्शकले झेल्नु पर्दैन । 

समाजमा बलात्कार समस्याका रुपमा जकडिएर बसेको छ । यसलाई सके शून्यमा झार्ने नसके न्यूनीकरण गर्दै जानुपर्छ । यसका लागि सञ्चारमाध्यमको अहम् भूमिका हुन्छ । चलचित्र ‘प्रसाद’मा दर्शकले बलात्कारका घटनालाई आत्मसात् गर्नुपर्छ भन्ने सन्देश त दिन खोजिएको छैन तर आम दर्शकले बुझ्ने गरी देखाउन भने सकिएको छैन । पैसा र पहुँचका भरमा कसरी दिनहीन गरिबहरु चुप लागेर बस्न बाध्य छन् भनेर देखाउन खोज्दा कतै सन्तान अभावको परिपूरकका रुपमा रमेशको चरित्रलाई दर्शकले बुझ्ने पो हुन् कि ?

नारायणीले कोख भर्नका लागि रमेशसँग सहमतिमा सम्बन्ध राखिकी त छैनन् तर कोख भरिएपछि त्यसलाई बचाउन उनले गरेको संघर्षको अर्थ दर्शकले के लगाउँछन् ? यी प्रश्न कथामा आम बुझाइमा आउन सक्ने समस्याका लागि हुन् । यद्यपि लेखककोे  नियतमा शंका भने छैन । चलचित्रका नायक विपिन नै हुन् । उनले आफ्ना दर्शकलाई निराश बनाउँदैनन् । खडेरी लागेको चलचित्रको कथा लेखनमा पौडेलले सम्भावना मात्रै देखाएका छैनन्, भन्न सके आफ्नै वरिपरि प्रशस्तै मौलिक कथा छरिएर रहेको औंल्याइदिएका छन् । निःसन्तान दम्पतीको कथामा बनेको सम्झिरहने चलचित्र ‘प्रसाद’ पनि हुन सक्छ ।  

 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय