site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘दि भ्वाइस अफ नेपाल’को फाइनलमा धुर्मुस र सुन्तली, के छ विजेतालाई पुरस्कार ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को फाइनलमा हास्य कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे’ सहभागी हुने भएका छन् । मंसिर २८ गते कतारको द्वोहामा हुने फाइनलमा कलाकार द्वय धुर्मुस र सुन्तली उपस्थित हुने ‘दि भ्वाइस अफ नेपाल’ले जनाएको छ । 

‘दि भ्वाइस अफ नेपाल’ले आफ्नो युट्युब एकाउन्टमा फाइनलको प्रोमोसमेत बनाएर अपलोड गरेको छ । प्रोमोमा धुर्मुस र सुन्तलीले स्वयम्ले फाइनल कतारमा हुने जानकारी दिँदै उक्त शोमा उपस्थितीका लागि आग्रहसमेत गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘दि भ्वाइस अफ नेपाल’को फाइनलमा ४ जना पुगेका छन् । फाइनलमा पुग्नेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, टिम प्रमोद खरेलबाट श्रिजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य छन् ।

सेमिफाइनलमा पुग्ने विद्या तिवारी, विवेक वाइवा लामा, सुशील गर्तौला र श्रेया राईले पनि कतारमा हुने फाइनल शोमा आआफ्नो प्रस्तुती भने प्रस्तुत गर्नेछन् ।  

Global Ime bank

‘दि भ्वाइस अफ नेपाल’ नेपालमा पहिलोपटक आयोजना गरिएको छ । ‘दि भ्वाइस अफ नेपाल’का विजेताले टाइटल २५ लाख रुपैयाँ नगद, कार, २० लाख बराबरको एल्बम कन्ट्रयाक र विश्व भ्रमणको अवसर पाउनेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC