साहित्य
काठमाडौं । पटक पटक प्रदर्शन मिति परिवर्तन गर्दै आएको चलचित्र ‘क्याप्टेन’का नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टर मध्ये एउटाका अभिनेता अनमोल केसी एक्लै फिचर्ड छन् भने अर्कोमा अनमोलसँगै सुनिल थापा र प्रशान्त ताम्राकार पनि छन् ।
फागुन १७ गते प्रर्दशन गर्ने भनिएको चलचित्र ‘क्याप्टेन’लाई भुवन केसीले निर्माण गरेका हुन् । दिवाकार भट्टराईले निर्देशन गरेको चलचित्रमा अनमोलसँगै उपासना सिंह ठकुरी र प्रियंका एमभी मुख्य भूमिकामा छन् । उपाशना र प्रियंका यसै चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यू गर्न लागेका हुन् ।
चलचित्रमा राजाराम पौडेल, विल्सन विक्रम राई, सरोज खनाल, सुर्यमाला खनाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५ १५:३४
प्रतिक्रिया दिनुहोस्