site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओलाओलेको निर्णायक गोलमा मनाङ विजयी 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अफिज ओलाओलेले अन्तिम समयमा गोल गरेपछि मनाङ मस्र्याङदी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा सतप्रतिसत नतिजा यात्रालाई सातौं खेलसम्म लम्बाएको छ । 
सोमबार मछिन्द्र क्लबमाथि १–० को जित हासिल गरेपछि मनाङ थ्री स्टार र संकटा क्लबलाई स्पष्ट तीन अंकले पछि पर्दै अंकतालिकाको शीर्ष स्थानमा कायम छ । ७ खेलबाट मनाङले २१ अंक जोड्दा समान १८ अंकका साथ थ्री स्टार र संकटा दोस्रो तथा तेस्रो स्थानमा छन् । पराजित मछिन्द्र पुछारबाट दोस्रो स्थानमा छ । अहिलेसम्म विजयी हासिल गर्न नसकेको मछिन्द्रले सातमध्ये ४ खेलमा हार भोगेको छ भने ३ खेलमा बराबरी नतिजा निकालेको छ । 
एन्फाले यसपाली लिगमा रेलिगेसनको प्रावधान हटाए पनि पुछारका दुई स्थानमा रहेर सिजन टुंगाउने दुई टोलीले आगामी लिगमा अंकको ऋण बोक्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार पुछारका दुई टोलीको क्रमश: २ र १ अंक आगामी सिजनको लिगमा खोसिनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बैकल्पिक खेलाडकिा रुपमा मैदान छिरेका ओलावालेले समय सकिन पाँच मिनेट बाँकी रहँदा गोलको खडेरी तोडेपछि मनाङ प्रतिस्पर्धात्मक खेलमा झिनो जितको लायक बनेको थियो । ओलावालेले ५९औं मिनेटमा डोना थापालाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेका थिए । 
गोलका लागि लामो समय प्रतिक्षा गरे पनि खेल तुलनात्मक रुपमा आफ्नो पक्षमा राखेको मनाङले गोलका केही अवसर पाए पनि उपयोग गर्न सकेन । दोस्रो हाफको सुरुमै पाएको पनोल्टीमा मनाङका स्ट्राइकर अञ्जन विष्टको प्रहार चुक्यो । राष्ट्रिय टोलीका युवा फरवार्ड अञ्जनको प्रहार मछिन्द्रका गोलकिपर दीप कार्कीले बचाएका थिए । मनाङका सोमिदलाई मछिन्द्रका विदेशी खेलाडी सहिडले फाउल गरेपछि रेफ्रीले मनाङको पक्षमा पेनाल्टीको निर्णय गरेका थिए । सोमबार अञ्जनलाई दीपले चार पटक महत्वपूर्ण अवसरमा निराश पारेका थिए । आठौं मिनेटमै वान भर्सेज वानमा अञ्जनलाई विपक्षी गोलकिपर दीपले निराश पारेका थिए । ३७औं मिनेटमा उनको कडा प्रहार जोगाएका दीप मध्यान्तर हुन दुई मिनेट बाँकी रहँदा पनि अञ्जनका लागि बाधक बने । विपक्षीका थुप्रै प्रयासलाई असफल पारेवापत मछिन्द्रका गोलकिपर दीप म्यान अफ दी म्याच घोषित भए ।
रक्षात्मक प्रदर्शनमा जोड दिएको मछिन्द्रले २८औं मिनेटमा अग्रता लिने अवसर पाए पनि उपयोग गर्न सकेन् । अञ्जनको ह्यान्डमा मछिन्द्रले पेनाल्टी बक्सको छेवैमा फ्रि–किक पाएको थियो । 
उपाधिको दाबेदार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी लयमा पुनरागमन जनाउने क्रममा सोमबार पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबमाथि १–० को नतिजा निकाल्यो । मुख्य खेलाडीहरु नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्कीको अनुपस्थितीमा आर्मीलाई जित दिलाउन टंकबहादुर बश्नेतले गोल गरेका थिए । 
चोटका कारण फ्रेन्डस क्लबसँग बराबरी खेलेको अघिल्लो खेलमा अनुपस्थित नवयुग सोमबार पनि मैदान फर्किन सकेनन् । यसैगरी प्रिन्स विभागीय तालिमका कारण मैदानवाहिर छन् । दुई पहेलो कार्डका कारण अघिल्लो खेललाई प्रतिबन्धमा रहेका कप्तान भरत खवास भने सोमबार आर्मीको टिमलाई नेतृत्व गर्न मैदान फर्किएका थिए । 
सोमबारको जितपछि आर्मी १७ अंकका साथ चौथो स्थानमा यथावत रहँदा ब्रिगेड ब्वाइज ४ अंकका साथ पुछारबाट तेस्रो स्थानमा कायम छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC