site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कैद र जरिवाना असुल गर्न बाँकी
Ghorahi CementGhorahi Cement

दोलखा । चालु आर्थिक वर्षलाई फैसला कार्यान्वयन वर्षको रुपमा मनाइरहँदा जिल्ला अदालत दोलखामा भने विभिन्न अपराधमा अभियोग लागेकाबाट करीब ८ सय वर्ष कैद र रु दुई करोड भन्दा बढी जरिवाना भुक्तान गर्न अझै बाँकी रहेको छ । 

२०१३ सालदेखि हत्या, डाका, चोरी, ज्यान मार्ने उद्योग लगायतका फौजदारी अभियोगमा अदालतबाट सजाय पाइ फरार अभियुक्तबाट उक्त कैद र जरिवाना असुल गर्न बाँकी रहेको अदालतले जनाएको । 

Agni Group

जिल्लाका चार सय दुईजना अभियुक्तबाट ८४३ वर्ष ६ महीना १३ दिन कैद र रु दुई करोड ७२ लाख ५६ हजार ९४४ जरिवाना भुक्तान हुन बाँकी रहेको दोलखा जिल्ला अदालतका डिठ्ठा कमलप्रसाद बस्यालले जानकारी दिए ।  

अभियुक्तमध्ये कैद र जरिवाना दुबै सजाय तोकिएका १६९ जना रहेका छन् भने कैद सजाय मात्रै तोकिएका ८८ र जरिवाना मात्रै तोकिएका १४५ जना छन् । अदालतबाट सबैभन्दा बढी २५ वर्षसम्मको जेल सजाय तोकिएको छ । 

Global Ime bank

गत वर्षबाट जिम्मेवारी सरिएको ६९४ वर्ष ११ महीना १२ दिन र यो वर्षको १४८ वर्ष ६०१ दिन गरी सो बराबरको कैद भुक्तान हुन बाँकी रहेको अदालतले जनाएको छ । अदालतमा गत वर्षबाट जिम्मेवारी सरिआएको ७०७ वर्ष आठ महीना २१ दिन र चालु वर्षको नयाँ लगत १६४ वर्ष सात महीना १७ दिन गरी कूल ८७२ वर्ष चार महीना नौ दिन कैद भुक्तान हुन बाँकी रहेको अदालतले जनाएको छ । चालु वर्षको पहिलो त्रैमासिकको अवधिमा २८ वर्ष नौ महीना साढे २५ दिन कैद भुक्तान भएको छ । 

अदालतका अनुसार गत वर्षबाट जिम्मेवारी सरिआएको मध्येबाट १२ वर्ष नौ महीना नौ दिन कैदभुक्तान भएको छ भने चालु वर्षको नयाँ लगतबाट आठ वर्ष दुई महीना १९ दिन कैदभुक्तान भएको छ । त्यसैगरी कूल रु दुई करोड ८० लाख ३० हजार ९५७ जरिवानामध्ये चालु वर्ष रु सात लाख ७४ हजार १३ रुपैयाँ जरिवाना असुल भएको छ । गत वर्षबाट जिम्मेवारी सरिआएको रु दुई करोड ७१ लाख ५३ हजार ८४३ मध्ये रु सात लाख एक हजार ६२५ र रु आठ लाख ७७ हजार ११४ चालु वर्षको नयाँ लगतमध्ये रु ७२ हजार ३८८ असुल भएको हो । 

कतिपय अवस्थामा मान्छे फरार भएर, मृत्यु भएर तथा बेपत्ता भएका कारण पनि धेरै अगाडिदेखिको लगत फछर्यौट हुन बाँकी रहेका देखिएको दोलखा जिल्ला अदालतका न्यायधीश तेजबहादुर खड्काले जानकारी दिए ।  

दोलखामा मात्रै नभइ मुलुकभर अपेक्षा अनुसार लगत फछर्यौट हुन नसकेकाले कडाइका साथ असुलउपर गर्नका लागि मुलुकभर फैसला कार्यान्वयन वर्ष समेत शुरु भएको उनले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC