site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

– मीना घोरसाइने 


काठमाडौं । प्रदर्शनीमार्गस्थित पद्मोदय माध्यामिक विद्यालयका विद्यार्थी भूकम्प गएको चार वर्ष बितिलाग्न सक्दा पनि अझै टहरामा नै बसेर पढिरहेका छन् । भूकम्पले विद्यालयको एउटा भवन पूर्ण रुपमा ध्वस्त बनाइदिएपछि विद्यालयले दुईवटा कक्षाहरु टहरामा राखी पढाउँदै आएको छ । सडकनजिकैको विद्यालय त्यसमाथि नयाँ भवन बनाइरहेको आवाज आउँदा टहरामा बसेर पढ्ने विद्यार्थीको पठनपाठनमा असर परिरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विद्यालयको कक्षा ८ मा अध्ययनरत सन्ध्याकुमारी साह टहरामा बसेर पढ्दा आफूलाई निकै सास्ती हुने गरेको भन्दै बताउँछिन्, “जाडो महिनामा टहरामा शीत चुहिएर एकातिर समस्या, वर्षात्को समयमा जस्तामा परेको पानीको आवाजले पढ्नलाई अर्को समस्या ।” तीन वर्षदेखि आफूहरुले यस्तै खाले समस्या बेहोर्दै आएको उनी बताउँछिन् । 
 
सोही विद्यालयकी छात्रा विपना पाण्डे पनि त्यस्तै खाले समस्या बेहोर्दै आएकी छन् । विद्यालयको चौरमा नयाँ भवन निर्माणका लागि सामान राखिएको हुँदा खेल्न समेत समस्या हुने गरेको उनले बताइन् । 

विद्यालयमा शिशु कक्षामा २१, कक्षा १ मा १३, कक्षा २ मा १७, कक्षा ३ मा २०, कक्षा ४ मा १७, कक्षा ५ मा २७, कक्षा ६ मा ४४, कक्षा ७ मा ३३, कक्षा ८ मा ४०, कक्षा ९ मा ६३, कक्षा १० मा ५८, कक्षा ११ मा २३२ र कक्षा १२ मा २५१ गरी जम्मा ८३६ विद्यार्थी अध्ययन गरिरहेका छन् । 

Global Ime bank

हाल रु पाँच करोड ८७ लाखको लागतमा उक्त विद्यालयका लागि नेपाल सरकार र एडिबीको सहयोगमा २३ कोठे भवनको निर्माण भइरहेको छ । २०७३ साल असोजबाट पुनःनिर्माणको काम सुरु गरिएको उक्त विद्यालयलाई यही मङ्सिरमा पुरा गरिसक्ने भनिए पनि विद्यालयको पर्खाल निर्माण र रङ्गरोगनको काम अझै पूरा भइसकेको छैन । 

विद्यालयका छात्र किरण सुनारले नयाँ भवन बनिसकेपछि पठनपाठनमा केही सहजता आउने आशा राखेको बताउँछन् ।  “यतिका वर्ष टहरामा बिताइयो, अब नयाँ भवनमा पढ्न पाउने कुराले निकै नै उत्साह जागेको छ”, उनी बताउँछन् । 

विद्यालयमा पर्याप्त कक्षाको अभावका कारण दुईवटा कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता छ । सरकारले विद्यालयको भवन निर्माणका लागि समयमा नै बजेट नदिँदा पुनःनिर्माणमा ढिलाइ भएको विद्यालयका प्रधानाध्यापक मीनाकुमारी कोइराला पोखरेलले जानकारी दिइन् । 

 “विद्यार्थीलाई टहरामुनि नै राखेर पढाउनु पर्दा हामीले उनीहरुको बालअधिकार र शान्त वातावरणमा पढ्न पाउने अधिकार हनन् भएको हो कि जस्तो अनुभव गरेका छौं”, उनले भनिन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC