site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेलायत पुनः युरोपेली युनियनमा आबद्ध हुन सक्दछ: युरोपेली अदालत
Sarbottam CementSarbottam Cement

ब्रसेल्स । युरोपेली युनियनको एक उच्च अदालतले बेलायतले युरोपेली युनियनबाट बहिर्गमन (ब्रेक्जिट)को निर्णयमा पुनर्विचार गर्न र युनियनमा पूर्ववत रुपमा रहन सक्ने फैसला गरेको छ । उक्त आदेशसँगै युरोपेली युनियनमा रहन चाहने मानिसलाई बहसका निम्ति एउटा राहत दिएको छ । 

युरोपेली न्यायिक अदालतले सोमबार दिएको आदेशमा कुनै सदस्य राष्ट्रले बहिर्गमनको आदेशलाई अर्को सूचना दिएर पुनः युरोपेली युनियनमा आबद्ध हुन सक्ने उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बेलायतमा सन् २०१६ मा भएको जनमतसङ्ग्रहमा युरोपेली युनियनको सदस्यता त्याग्ने पक्षमा झिनो बहुमत प्राप्त भएको थियो । बेलायतले मार्च २०१७ मा लिस्बन सन्धिको धारा ५० बमोजिम २८ मुलुक सदस्य रहेको युरोपेली युनियनबाट बाहिरिने निर्णयसम्बन्धी लिखित सूचना युनियनसमक्ष दिएको थियो । 

स्कटल्यान्डका केही सांसदहरुले बेलायतको बहिर्गमनका विषयमा पुनर्विचार गर्नेगरी युरोपेली न्यायिक अदालतमा अनुरोध गरेका थिए । रासस/एपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC