अर्थ व्यवसाय
काठमाडौं । गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले गरे ।
बैंकले हाल ७७ शाखा कार्यालयबाट आकर्षक ब्याज दरमा विभिन्न निक्षेप योजना, सहज र सरल कर्जा योजना, एबीबीएस, एटीएम, सीएएसबीए, आइपीएस, मोबाइल बैंकिङ, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा दिँदै आएको छ ।
बैंकका अनुसार चालू आर्थिक वर्ष पहिलो त्रैमासिकमा सञ्चालन नाफा १५ करोड ३० लाख, २३ अर्ब ७२ करोड निक्षेप संकलन गरी २१ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरिएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५ १८:००
प्रतिक्रिया दिनुहोस्