site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । संस्थागत विद्यालयको बोर्डमा अग्रेजी भाषाको प्रयोग प्रायः देशैभरी हुने गरेको पाईन्छ । ती विद्यालयका बोर्ड नेपाली भाषामा राखेको देखिनु दुर्लभ नै भसक्यो । तर, काठमाडौं महानगरपालिकाले भने संस्थागत विद्यालयमा नेपाली भाषाको बोर्ड अनिवार्य राख्नुपर्ने गरी तयारी थालेको छ । 

महानगरपालिकाले विद्यार्थीका परिचय–पत्रमा समेत नेपाली माध्यमबाट नाम अनिवार्य लेख्नुपर्ने प्रावधान ल्याउन थालेको जानकारी दिएको छ । महानगर शिक्षा विभागले “महानगरीय शिक्षा रुपान्तरण अभियान सुधारको सोच” कार्यक्रम अन्तर्गत यो योजना ल्याएको हो । यो योजना आउँदो शैक्षिक सत्र २०७६/०७७ अघि नै सम्पन्न गरिने कामनपाका शिक्षा अधिकारी सीताराम कोइरालाले बताए । 

Agni Group

“महानगरीय शिक्षा रुपान्तरण अभियान सुधारको सोच” कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि प्याब्सन र एनप्याब्सन मार्फत सबै संस्थागत विद्यालयमा सूचना सम्प्रेषण गरिने उनको भनाई छ ।   महानगरमा हाल ६ सय ४० वटा संस्थागत र ९१ वटा सामुदायिक गरी कूल ७ सय ३१ वटा विद्यालय रहेको महानगर शिक्षा विभागको तथ्याङ्कमा उल्लेख छ । 

विभागले विद्यालयको नाम नेपालीकरण गर्ने विषयमा छलफल जारी रहेको जनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC