site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ऋण लिने तर उद्योग सञ्चालन नगर्ने प्रवृत्ति बढ्दो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेपालगञ्ज । ऋण लिने तथा उद्योग सञ्चालन नगर्ने प्रवृत्ति बाँके जिल्लामा बढ्दै गएको छ । जिल्लामा दर्ता भएका कतिपय घरेलु तथा साना उद्योग वर्षौंदेखि सञ्चालनमा छैनन् तर ती उद्योगका धनीले बैंकबाट ऋण लिनका लागि आफ्नो उद्योग, व्यवसाय घरेलु तथा साना उद्योग कार्यालयमा नवीकरण गराउने गरेका छन् । सञ्चालनमा नआएका त्यस्ता उद्योगको अनुगमन गर्ने निकाय नभएकाले पनि ऋण लिन मात्र नवीकरण हुने गरेको सो कार्यालयका कर्मचारी बताउँछन् । 

“बैंकले ऋण उपलब्ध गराउन उद्योग नवीकरण प्रमाणपत्र माग गर्ने गरेकाले हामी नवीकरण गर्छौं, तर ती उद्योग सञ्चालन भए÷नभएको अनुगमन गर्न सकिएको छैन,” निमित्त कार्यालय प्रमुख दुर्गा वलीको भनाइ छ । बाँकेमा अधिकांश सरकारी र निजी बैंकले घरेलु तथा साना उद्योग, व्यवसाय र कम्पनीलाई ऋण प्रवाह गर्दै आएका छन् । “वाणिज्य कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको आधारमा मात्र ऋण उपलब्ध गराइन्छ, बैंकले ऋण प्रवाह गरेका उद्योग, व्यवसायको तीन÷तीन महीनामा अनुगमनसमेत गर्दै आउँछ,” एनएमबी बैंक नेपालगञ्जका शाखाप्रमुख विनय गौतमको भनाइ छ । 

साना तथा घरेलु उद्योग कार्यालय, बाँकेका अनुसार यस जिल्लामा अहिलेसम्म पाँच हजार ३६२ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये कति सञ्चालनमा छन् त्यसको तथ्याङ्क सो कार्यालयसँग छैन । कार्यालयमा गत आर्थिक वर्षमा ३९० उद्योग नवीकरण गरिएको निमित्त प्रमुख वलीले बताइन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC