न्यूयोर्क । चर्चित अमेरिकी साप्ताहिक म्यागेजिन टाइमले साउदी अरेबियाको टर्कीस्थित दूतावासमा मारिएका साउदी पत्रकार जमाल खसोग्जीलाई सन् २०१८ को ‘पर्सन अफ द इयर’ घोषणा गरेको छ । उनको तस्बिर टाइम म्यागेजिनको कभरको रुपमा छापिएको छ । खसोग्जीको गएको अक्टोबर २ मा हत्या भएको थियो ।
यसैगरी सो म्यागेजिनले पत्रकार र पत्रिका क्रमशः मारिया रेसा, वा लोन र क्या सो ऊ तथा द क्यापिटल गजेट अफ अनापोलिज मेरिल्याण्डलाई पनि ‘द गार्जियन’ को रुपमा सम्मान गर्ने भएको छ । मारिया फिलिपिन्स न्यूज वेबसाइटमा सरकारको हिंसाका विरुद्धमा कभरेजका लागि चर्चित छन् भने वा लोन र क्या सु ओ म्यान्मारस्थित रोयटर्सका संवादददाता जो थुनामा रहेका छन् ।
द क्यापिटल गजेटमा बन्दुकधारीहरुले आक्रमण गर्दा चार जना पत्रकार र एक बिक्री सहयोगीको हत्या भएको थियो । (एजेन्सी)