site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जन्ती लिएर आएका योगीले यस्तो लेखे आगन्तुक पुस्तिकामा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाली जनताको सुख र समृद्धिको कामना गरेका छन् । राम–जानकी विवाह महोत्सवका क्रममा भारतबाट जन्तीको नेतृत्व गरेर बुधबार बिहान जनकपुर आएका उनले जानकी मन्दिरको आगन्तुक पुस्तिकामा यस्तो कामना गरेका हुन् । 

योगीले हिन्दीमा लेखेको सन्देशको भावानुवाद–

‘‘विवाह पञ्चमीको पावन अवसरमा जनकपुरधाममा पूजाअर्चना गर्न र विदेहराज महाराज जनकको भूमिमा यात्राको अवसर प्राप्त भएकोमा आफूलाई धन्य मान्दछु । भगवान श्रीराम र माता सीताजीको जीवन हाम्रा दुवै देशको धर्म, संस्कृति र सभ्यताका अभिन्न अंग हुन् । उहाँहरुले जुन आदर्श र मूल्यको पालन गर्नुभयो, त्यो सार्वभौम छ र हामी प्रत्येकलाई त्यसले प्रेरणा प्रदान गर्दछ । मेरो साथमा आएको प्रतिनिधिमण्डललाई भव्य स्वागत गर्नुभएकोमा म नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद दिन चाहन्छु । म भारत सरकार र जनताको तर्फबाट नेपालका जनतालाई  सुख तथा समृद्धिका  शुभकामना दिन चाहन्छु ।’’ 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC