site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
गुगलमा यसवर्ष सर्वाधिक खोजिएको शब्द ‘विश्वकप’, खोज्नेमा नेपाल सबैभन्दा अगाडि 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । यस वर्ष गुगलको सर्च इन्जिनमा सबैभन्दा बढी खोजिएको शब्द ‘विश्वकप’ रहेको छ र त्यसमा पनि यसबारे विश्वमै सबैभन्दा धेरै खोजी गर्ने देश नेपाल रहेको छ । विशेषगरी काठमाडौँ क्षेत्रमा विश्वकपको समाचारबारे सबैभन्दा धेरैपटक खोजी भएकोे सो डाटामा उल्लेख गरिएको छ । यसरी विश्वकपमै सहभागी देशहरु भन्दा नेपालीहरुले यसमा बढी चासो देखाएको पाइएको हो । भारत भने यसमा ३४ औँ स्थानमा रहेको छ । २०१८ विश्वकप फुटबल रुसमै भएपनि यसबारे खोजी गर्नेमा रुस ६७ औँ स्थानमा परेको छ । 

त्यसैगरी सर्वाधिक खोजि गरिएको व्यक्तिमा भने राजकुमार ह्यारीसँग विवाह गरेकी अमेरिकी मोडल मेगान मार्कलको नाम आएको छ । गत मेमा भएको उक्त शाहि विवाहबारे पनि गुगलमा अत्यधिक खोजी गरिएको तथ्याङ्कले देखाएको हो । त्यस्तै मृत सेलिब्रेटीहरुमध्ये चाहिँ बलिउडकी अभिनेत्री श्रीदेवीको नाम पनि सर्वाधिक खोजी गरिनेमा नौ नम्बरमा परेको छ । 

टेलिभिजन कार्यक्रमहरुमा चाहिँ बालबालिकाहरु माझ लोकप्रीय मोटु पत्लु बढी सर्च गरिनेमा चौथो स्थानमा रहेको छ ।   यता प्रश्नहरुमा चाहिँ कसरी भन्नेमा मानिसहरुले फेसबुक र इन्स्टाग्राम कसरी डिलिट गर्ने भन्ने धेरैपटक सोधेको पाइएको हो । 
पछिल्लो समय फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक संजालले प्रयोगकर्ताका गोप्य जानकारी लिक गर्ने गरेको खबर बाहिर आएपछि धेरैले आफ्नो अकाउन्ट बन्द गराएका थिए ।  त्यस्तै ‘के हो’ भन्ने प्रश्नमा, यो वर्ष सबैभन्दा बढी सोधिनेमा ‘बिटकोइन के हो’ भन्ने रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC