site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
श्रष्टा भन्छन्– रोयल्टी पाएका छैनौं, दिइरहेका छौं : वितरक
Sarbottam CementSarbottam Cement

काठमाडौं । पुराना सदाबहार हुन् या अहिलेका लोक पप । आधुनिक हुन् या चलचित्रका गीत नै किन नहुन्, राजेन्द्र थापाका दर्जनौं गीत लोकप्रिय छन् । एफएमदेखि लिएर सार्वजनिक सवारीसाधनमा पनि उनका गीत प्रशस्तै बजेको सुनिन्छ । तर, आफ्ना गीत प्रशस्तै बजे पनि त्यसबापतको रोयल्टी भने अहिलेसम्म नपाएको गुनासो थापाले गरेका छन् । 

पोहोर साल खुसी फाट्दा, पर लैजाउ फूलहरु, दर्शन नमस्ते, दिलमाया, क्या दामी भो, गाला रातैै लगायत थापाका लोकप्रिय गीत हुन् । हालैमात्र प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा –३ को ‘पहिलो नम्बरमा’ गीत पनि थापाले नै लेखेका हुन् । आफ्ना गीत रेडियो, टेलिभिजन, सार्वजनिक सवारी साधन, होटल जताततै बज्ने गरे पनि रोयल्टी भने नपाएको गीतकार थापा बताउँछन् । 

कुन गीत कहाँ कति पटक बजेको छ भन्ने डिजिटल रेकर्ड नभएसम्म श्रष्टाले रोयल्टी नपाउने उनी बताउँछन् । “मैले पटकपटक रोयल्टी संकलन समाजका पदाधिकारीहरुसँग भनेको छु– डिजिटल रेकर्ड उपलब्ध नगराएसम्म कसको गीत कति बजेको छ र उसले कति रोयल्टी पाउँछ भन्ने यकिन हुँदैन,” थापा भन्छन्, “समाजको बोर्डमा रहेका दुई–चार जना व्यक्तिले गरेको निर्णयका आधारमा जसलाई दिन मन लाग्यो, उसैलाई दिने काम भइरहेको छ । यसको मैले सधैं विरोध गर्दै आइरहेको छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

थापाले रोयल्टी संगीत संकलन समाजले अहिलेको सबैभन्दा राम्रो आम्दानीको स्रोत बनेको युट्युबलाई रोयल्टीको दायरामा ल्याउन नखोजेको आरोप लगाए । युट्युबबाट डिजिटल डाटा आउने र त्यसकै आधारमा रोयल्टी वितरण गर्नुपर्ने भएकाले आफूखुसी वितरण गर्ने नपाउने भएर यसलाई रोयल्टी संकलनको दायरामा ल्याउन नचाहेको उनको आरोप छ । 

“मैले पटकपटक यो प्रश्न गरेको छु । उहाँहरु युट्युबले नेपालको भूगोललाई आफ्नो मार्केटिङ क्षेत्रभित्र राखेको छैन भन्नुहुन्छ,” थापा भन्छन्, “त्यसो हो भने अहिले युट्युबबाट युट्युबरले कसरी करोडौं कमाइरहेका छन् त ? युट्युबको कार्यालय आफैं आएर चेक दिने होइन । अहिले गीतको भ्युअर्सका आधारमा जसरी युट्युबबाट पैसा आइरहेको छ, त्यहीँबाट रोयल्टी उठाएर किन गायक, संगीतकार तथा गीतकारलाई वितरण गर्ने हिम्मत गर्दैनन् ?”

Global Ime bank

संगीत उत्पादक समाज नेपालका अध्यक्ष निर्मल ढकाल भने युट्युब गुगलको भिडियोे च्यानल भएकाले गुगलले रोयल्टी दिनुपर्ने बताउँछन् । आफू मातहतका निकायबाट गुगलले आफ्नो नियम अनुसार सञ्चालन अनुमति तथा भ्युअर्सका आधारमा शुल्क लिइसकेको हुनाले रोयल्टीबापतको रकम ऊसँग मात्र लिन सकिने ढकाल बताउँछन् । 

युट्युब च्यानललाई गीत अथवा भिडियो बजाएबापत आफूहरुले उनीहरुबाट रकम दाबी गर्न नसकिने ढकालको भनाइ छ । “हामीले यसका लगि गुगलसँग कुरा गरिरहेका छौं,” ढकाल भन्छन्, “नेपाल आफ्नो क्षेत्रभित्र परेको छैन भनेर उसले भनिरहेको छ । तर पनि हामीले फलोअप गरिहेका छौं । सम्भवतः चाँडै हुन्छ होला ।” 

यता, संगीत रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारीले भने गीतकार थापाको आरोपमा सत्यता नरहेको बताएका छन् । रेडियो तथा टेलिभिजनमा बजेको र सीआरबीटी, पीआरबीटीबाट प्राप्त रोयल्टी श्रष्टालालाई वितरण गरेको उनको भनाइ छ ।

“उहाँ (गीतकार थापा)ले भनेजति पाउनु भएन होला । चलचित्र रिलिज भएका बेला गीत बजेको आधार र युट्युबमा बुस्ट गरेका आधारमा रेडियोमा पनि त्यति नै गीत बजेको छ भन्ने भ्रम भएको हुनसक्छ । तर त्यस्तो होइन । प्राप्त डाटाका आधारमा हामीले रोयल्टी वितरण गरेका छौं,” अधिकारीले भने । 

कोही व्यक्तिभन्दा पनि संस्था माथि हुने भन्दै उनले संस्थागत निर्णयलाई सबैले मानेर जानुको विकल्प नरहेको बताए । युट्युबबाट भने रोयल्टी उठाउन नसकिएको उनले स्वीकारे । 

अर्का गायक शिशिर योगी पनि आजसम्म आफूले रोयल्टी नपाएको गुनासो गर्छन् । आफ्ना दर्जनौं गीत लोकप्रिय भए पनि आफूले रोयल्टी नपाएको उनले बताए । 

“मेरा गीत सबैतिर बजेको सुन्छु । रोयल्टी उठाउने संस्था छन् भन्ने पनि सुनेको छु तर आजसम्म मैले एक रुपैयाँ पनि रोयल्टी पाएको छैन,” योगी भन्छन्, “स्वच्छ नियत राखेर काम गर्नुपर्छ । गीत बजेका आधारमा रोयल्टी श्रष्टाले पाउनुपर्छ ।”

समाजले सार्वजनिक सवारीसाधनबाट उठाउन थालेको रोयल्टी भने वितरण गरेको छैन । सवारीसाधनबाट कुन गीत कतिपटक बज्यो भन्ने तथ्यांक उपलब्ध गराउँदैनन् । त्यसैले कुन मापदण्डका आधारमा श्रष्टालाई रोयल्टी वितरण गर्ने भन्ने अन्योल छ । यो अन्योललाई चिर्न समाजले संगीत उत्पादक समाज नेपाल, प्रस्तोता समाज नेपाल तथा सरोकारवालाहरुसँग केही समय अगाडि छलफल गरेको छ ।

सिन्धुपाल्चोकको सुकुटे र काठमाडौंमा भएको छलफलले तय गरेको मापदण्ड आगामी पुसमा बस्ने साधारणसभाले पारित गरेपछि सोही मापदण्डका आधारमा रोयल्टी वितरण गर्ने समाजको तयारी छ । 

स्रोतका अनुसार रेडियो, टेलिभिजन, पीआरबीटी र सीआरबीटीका आधारमा संकलन भएको रकमलाई सतप्रतिशत मानेर भाग गरेर आएको रकम वितरण गर्ने मापदण्ड तयार गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC