साहित्य
काठमाडौं । साहित्यकार झमककुमारी घिमिरेको बहुचर्चित कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र निर्माण भएको छ । विनोद विष्टले उक्त चलचित्र निर्माण गरेका हुन् ।
चलचित्रको छायांकन धनकुटास्थित घिमिरेको घरसँगै धरान र ललितपुरमा गरिएको छ । चलचित्रमा रोजिता बुद्धाचार्य, किसन सुनार, उमा गिरीलगायत कलाकारको अभिनय छ ।
घिमिरेको जीवन संघर्षलाई चलचित्रमा उतारिएको छ । चलचित्र चैत २२ गते रिलिज हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५ ०८:४०
प्रतिक्रिया दिनुहोस्