काठमाडौं । अशोक दर्जी र टंक बुढाथोकीको गीत ‘चौंरीको चाम्रो छुर्पी’ युट्युब ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको छ । गीतका टंक र अशोक सँगै आर्यन बुढाथोकीको पनि स्वर छ ।
गीतमा संगीत र शब्द दुब्र टंक आफ्नै हो ।
गीतको भिडियोमा टंक, अशोक, आर्यन सँगै डीआई रुपक, बसुकला मैनाली, दीपिका शर्मा लगायत फिचर्ड छन् । भिडियो निर्देशन कविराज गहतराजले गरेका छन् ।
ट्रेन्डिङको दोस्रो नम्बरमा चलचित्र क्याप्टेनको गीत छ । रहर छ सँगै’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ । गीत दिग्गज देउरालीले लेखेका हुन् ।
भिडियोमा अनमोल केसी र उपासना फिचर्ड छन् । फागुन १७ गते रिलिज हुने चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गरेका छन् । चलचित्रमा सुनिल थापा र प्रशान्त ताम्राकार पनि मुख्य भूमिकामा छन् ।