site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जसलाई जे लेख्नु छ, लेखे हुन्छ
Ghorahi CementGhorahi Cement

– कट्रिना कैफ


अभिनेतृ कट्रिना कैफले अभिनय कौशल, हिन्दी संवादलगायतका विषयमा सधैंजसो आलोचना खेप्दै आएकी छन् । सन् २००३ को ‘बूम’बाट बलिउड छिरेकी कट्रिनाले ४० वटा फिल्ममा काम गरिसकेकी छन् । फिल्मभन्दा पनि सम्बन्धहरूलाई लिएर उनी बारम्बार चर्चामा आइरहिन् । शाहरूख खानसँग ६ वर्षपछि ‘जिरो’बाट सँगै पर्दामा देखिन थालेकी कट्रिना हिजोआज यही फिल्मको प्रचारप्रसारमा व्यस्त छिन् । यही दौरान उनीसँग ‘नवभारत टाइम्स’ले गरेको संक्षिप्त कुराकानीको अनुदित अंशः

१) शाहरुख खानसँग ‘जब तक है जान’ खेलेको ६ वर्षपछि पुनः पर्दामा देखिनुभको छ । योबीचमा के फरक पाउनुभयो ?

Agni Group

ओहो, ६ वर्ष भइसक्यो है ? मैले त २–३ वर्ष भयो होला सोचेकी थिएँ । ६ वर्ष त होइन होला । हुन त यो राम्रो खबर होइन । धेरै नै लामो समय बितिसकेछ ।

मैले शाहरुख खानलाई पहिलो पटक ‘कौन बनेगा करोडपति’को सेटमा भेटेकी थिएँ । शाहरुखले त्यही शोबाट टिभीमा काम गर्न थालेका थिए । म सलमान खानसँग त्यो कार्यक्रममा गएकी थिएँ । त्यसपछि शाहरुखसँग मेरो खासै भेटघाट भएन । त्यतिबेला सामाजिक सञ्जाल पनि खासै थिएनन् । मान्छेहरूसँग पनि भेटघाट लगभग हुँदैनथ्यो । भेटघाटै नभएपछि कसैको बारेमा थाहा पनि हुँदैनथ्यो ।

Global Ime bank

मलाई ‘जब तक है जान’मा काम गर्दाताकाका धेरै कुरा सम्झना आउँछन् । त्यतिबेला मलाई शाहरुखसँग असाध्यै डर लाग्थ्यो । उनलाई देख्यो कि म गल्थें । एक त सेटमा यश चोपडा पनि सँगै हुनुहुन्थ्यो । उहाँको फिल्म, उहाँको सेट— अलग्गै माहेल हुन्थ्यो । उहाँको फिल्ममा काम गर्दा कोही कलाकारले आफूलाई ठूलो ठान्दैनथ्यो । यश चोपडाका अगाडि कोही स्टार हुँदैनथ्यो ।

‘जिरो’मा काम गर्दा मैले अझै धेरै अनुभव गर्न पाएँ— यी ६ वर्षमा मैले मैले धेरै सिकेछु । अहिले शाहरुखलाई राम्ररी बुझ्न थालेकी छु । अब डर लाग्दैन । हामीले सेटमा आफ्नो पात्रलाई अझ बढी राम्रो बनाउने छलफल गर्छौं ।

२) सामाजिक सञ्जालले तपाईंलाई कत्तिको असर पारेको छ ?

सामाजिक सञ्जालमा आएपछि यस्तो लाग्छ— कसैसँग वर्षौं भेट नभए पनि उनीहरूलाई हरेक दिन महसुस गर्छौं । सामाजिक सञ्जालमा सबैले सबथोक शेयर गर्छन् । मतलब सबथोक । के लुगा लगाएको छ, छुट्टीमा कहाँ गए, के खाना खाए, कहाँ खाए आदि । अहिले मान्छेहरूको पलपलको खबर हातैमा आउँछ । पहिले यस्तो थिएन ।

सामाजिक सञ्जालका धेरै आयाम छन् । भर्खरै मैले फरहा खानलाई भेटें । उनको विवाहबारे कुराकानी हुँदै थियो । उनको विवाहको रातमा हामीले गजब पार्टी गरेका थियौं । त्यतिबेला निर्धक्क पार्टी ग¥यौं । अब हरेक पाइलामा शतर्क हुनुपर्ने बेला आएको छ । अब हरेक पार्टी फोनमा देखिन्छन् । कतिखेर कसले कहाँ पोस्ट गरिदिन्छ भनेर डराई–डराई बाँच्नुपर्ने भएको छ ।

३) तपाईंले बलिउडमा १५ वर्ष पूरा गरिसक्नुभयो तर तपाईंको अभिनयलाई लिएर आज पनि आलोचना हुन्छ । कस्तो लाग्छ ?

मैले बलिउडमा काम गर्न थालेको डेढ दशक नाघिसक्यो, शायद त्यसैले मलाई आलोचनाले खासै असर पार्दैनन् । शुरु–शुरुमा यस्ता आलोचनाले करियर नै खतम होला भन्ने डर हुन्थ्यो, अहिले त्यसो हुँदैन ।

कलाकारको आलोचना अलि बढी नै हुन्छ । कसैले सहज रूपमा लिन्छन्, कसैले लिँदैनन् । म सहज रूपमा लिने मान्छे हुँ । फिल्म क्षेत्रका सबैजसो व्यक्तिसँग मेरो सम्बन्ध राम्रो छ । काम पनि राम्रो नै गरिरहेजस्तो लाग्छ । (हाँस्दै) यतिका वर्ष बिताइसकें यो क्षेत्रमा, जसलाई जे बोल्नु वा लेख्नु छ, बोले हुन्छ, लेखे हुन्छ ।

शुरुमा जस्तोसुकै आलोचनाले पनि मानसिक तनाव दिन्थे । बिहानै पत्रपत्रिकामा आफ्नो बारेमा गलत कुरा लेखेको देखेपछि लाग्थ्यो— हे भगवान्, बर्बाद भयो, मेरो त करियरै सकिने भयो । अब यस्ता कुराले फरक पार्न छाडे । एकदिन मेरो बारेमा गलत लेख्छौ भने अर्को दिन केही राम्रो पनि लेख्नेछौ भन्ने लाग्छ ।

सोच्नुस् त— तपाईं बिहान उठ्नुहुन्छ, कफी पिउँदै पत्रपत्रिका हेर्नुहुन्छ अनि देख्नुहुन्छ आफ्नो बारेमा केही राम्रो कुरा लेखिएको छ । कति खुशी लाग्छ है ?

केही फिल्म समीक्षकहरूले कहिल्यै राम्रो लेख्दैनन् । धेरै त थाहा छैन तर मैले निभाएका भूमिकालाई लिएर उनीहरूले पक्का पनि नराम्रो भनेरै लेख्छन् । किन यस्तो गर्छन् भनेर म राम्ररी बुझ्छु । म उनीहरूको नियत पढ्न सक्छु ।

४) ‘ठग्स अफ हिन्दोस्तान’मा पनि धेरै आलोचना खानुभयो है ?

‘ठग्स अफ हिन्दोस्तान’ आएपछि धेरैले ‘सुरैयाजस्तो भूमिमा किन काम गरेको ?’ भनेर लेखे । दर्शकको आशा धेरै नै थियो । तर, फिल्मको मेरो भूमिका छोटो थियो । यो फिल्ममा मैले काम गर्नुको एउटा कारण के थियो भने— त्यतिबेला मेरो दिमागमा अरु नै केही कुरा चलिरहेको थियो । टिमसँग मेरो खास सम्बन्ध पनि थियो । टिमले यसको सिक्वेल पनि बनाउने सोचेको थियो ।

यो फिल्ममा मैले गरेको गीतमा असाध्यै मेहनत लागेको छ । ‘सुरैया’ गीतका लागि त झनै बढी परिश्रम गरेका थियौं । फिल्म नचल्दा पक्कै पनि मलाई दुःख लाग्यो । दर्शकलाई फिल्म मन परेन भनेपछि त्यसलाई स्वीकार्नुको विकल्प छैन हामीसँग । तर, राम्रो काम गरिराख्नु हाम्रो काम हो । दर्शक साथमा छन् भने कोसिस गरिरहनुपर्छ ।

५) कलाकारका लागि सबैभन्दा महत्वपूर्ण के हो ?

राम्रा कलाकारलाई राम्रा निर्देशक चाहिन्छन् नत्र उनीहरू अँध्यारो गुफाभित्र पस्ने सम्भावना रहन्छ । आफूहरू कता गइरहेका छौं भनेर उनीहरूलाई थाहै हुन्न । निर्देशकले एक्लो त्यस्तो व्यक्ति हो, जसले कलाकारलाई सही बाटो देखाउन सक्छ । त्यसैले आनन्द एल राईसँग काम गरेकी हुँ । उहाँको निर्देशन र मेरो मेहनतबाट जसरी ‘जिरो’मा मेरो पात्र प्रकट भएको छ, मेरो विश्वास छ— यसले सबैतिर प्रशंसा पाउनेछ । (हाँस्दै) समीक्षकहरूले यसबारे पक्कै पनि राम्रो लेख्नेछन् ।

‘जिरो’मा मैले गरेको भूमिका बबिता कुमारीको हो । फिल्मको कथा लेख्नुभन्दा अघिदेखि नै आनन्दजीसँग यो भूमिकाबारे थुप्रै कुरा भएको थियो । यो फिल्मसँग सबैभन्दा पहिले म जोडिएकी थिएँ । त्यतिबेलादेखि फिल्म बनिसक्ने बेलासम्म त्यो भूमिकामा धेरै परिवर्तन आएको छ । मैले शुरुमा कथा सुन्दा बबिता फरक केटी थिई, फिल्म बनिसकेपछि हेर्दा ऊ एकदमै अलग देखिएकी छे । आनन्दजीले मेरो भूमिकालाई शुरुदेखि नै विशेष महत्व दिएर हेर्नुभएको थियो । शायद यो पात्र उहाँको सबैभन्दा नजिक छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC